Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरीले मृत्यु भएको भनेका राई उपचारपछि घर फर्के



उर्लाबारी (मोरङ), साउन २२ गते । प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्कनु भएको छ ।

विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उहाँ घर फर्कनु भएको हो ।

गत साउन १३ गते बिहीबार बिहान आफ्नै बारीमा रुखको पात काट्ने क्रममा लडेका राई गम्भीर घाइते हुनु भएको थियो । रुखबाट लडेका राईको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जारी गरेको थियो ।

प्रहरीको सूचनालाई आधार मानेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । समाचार आएकै दिनदेखि राई परिवारले आपत्ति जनाउँदै आएका थिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget