Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डको सरकारमा जान्छु, देउवाको सरकारमा जान्नः कोइराला


Shekhar-Koirala

काठमाडौं, भदौ ९ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई चुनौति दिएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा आफूलाई परराष्ट्रमन्त्री नबनाए देउवाले नेतृत्व गरेको आगामी सरकारमा सहभागी नहुने डा. कोइरालाले स्पष्ट पारेका छन् ।

केन्द्रीय समितिमा रहेका आफ्नै नेतालाई पार्टी सभापति देउवाले अविश्वास गरेको कोइरालाको गुनासो छ । ‘आफ्नै सदस्यप्रति पार्टी सभापतिको विश्वास छैन भने सरकारमा गएरमात्रै के गर्ने ?’ डा. कोइरालालाई उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बनाउनुहुन्छ भने प्रचण्ड नेतृत्वको सरकारमै परराष्ट्रमन्त्री बनाउनोस्, अन्यथा तपाईंको प्रधानमन्त्रित्वमा बन्ने सरकारमा पनि म जान्नँ ।’

देउवाले आफूलाई अविश्वास गरेको भन्दै डा. कोइराला रिसाएको स्रोतले बतायो । माओवादी नेतृत्वको सरकारमा गएर आफूले धेरै काम गर्न सक्ने र अन्तरराष्ट्रिय समुदायलाई पनि विश्वासमा लिन सक्ने डा. कोइरालाको दावी छ ।

तर, पार्टी सभापतिको अविश्वासका कारण जिम्मेवारी नपाएको भन्दै उनले अहिले अविश्वास गर्ने अनि पछि आफ्नो पालामा मन्त्री बनाऔंला भन्नुको कुनै अर्थ नहुने बताएका छन् ।

‘अहिलेचाँहि पार्टी सभापतिले अविश्वास गर्ने अनि पछिचाँहि के आधारमा गर्ने ?’ स्रोतका अनुसार डा. कोइरालाले पार्टी सभापति देउवालाई भने, ‘विश्वास छ भने अहिल्यै परराष्ट्रमन्त्री बनाउनोस्, अरु मन्त्रालय पनि चाँहिदैन, विश्वास लाग्दैन भने तपाईंको कार्यकालमा पनि मलाई कुनै मन्त्री-सन्त्री चाहिँदैन ।’

स्रोतका अनुसार पार्टी सभापति देउवाले यसपालि अरु नै मन्त्रालय सञ्चालन गर्न र अर्कोचोटि आफू प्रधानमन्त्री भएका बेला परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्न कोइरालालाई आग्रह गरेका थिए ।

सभापति देउवा र आरजू राणा दुबैले डा. कोइरालालाई डिनर मिटिङ गरेर सम्झाउने प्रयास गरेका थिए ।

नेपाली कांग्रेसमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित सांसद कोइराला विगतमा १२ बुँदे सहमतिका सक्रिय कर्तामध्येका एक हुन् । माओवादी पार्टीले पनि परराष्ट्र मन्त्रालय आफूले नपाए कांग्रेसबाट शेखरलाई पठाउन भनेको छ । तर, देउवा आफ्नै पत्नी आरजू राणालाई परराष्ट्र मन्त्री बनाउन इच्छुक देखिएपछि शेखरको मन्त्री टुंगो लाग्न नसकेको हो ।

रामचन्द्र पौडेल पक्षधर भनेर चिनिने तर आफूलाई कुनै गुटमा नरहेको बताउने डा. कोइरालालाई देउवाले स्वास्थ्यमन्त्री बनाउन खोजेका थिए । तर, शेखरले परराष्ट्रबाहेक अरुमा नजाने बताइसकेका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget