Websoft University

www.radiomakalu.com || 021-522512


प्रधामनन्त्री प्रचण्ड रिबन काट्न नजाने, यो पटक सफल भइछाड्ने संकल्प


Pm-Prachanda
काठमाडौं,साउन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यो पटक सफल भइछाड्ने संकल्प गरेको बताएका छन् । यसका लागि रिबन काट्ने र उद्घाटन कार्यक्रममा जाने भन्दा जनताको पक्षमा काम गर्ने उनले बताए ।

गोरखा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले यो पटक कुुरा भन्दा काम गर्ने योजनामा रहेको बताए । प्रधानमन्त्री हुनुभन्दा पहिला नै निर्धारित कार्यक्रम भएकाले मात्र आएको भन्दै उनले भने, ‘अपवाद बाहेक रिवन काट्ने र उद्घाटनमा जाने भन्दा राष्ट्र र जनताको अपेक्षा पुरा गर्न केन्द्रीत हुन चाहेको छु । मलाई सहयोग गर्नुस् ।’

प्रधानमन्त्री प्रचण्डले विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्न सके सरकारको नेतृत्व गर्ने निर्णय माओवादीका लागि एउटा अबसर हुने बताए । तर, सिंगो पार्टी एकतावद्ध भएर अघि बढ्न नसके दुर्घटना हुन खतरा रहेको उनको विश्लेषण थियो ।

माओवादी खतरासँग खेल्दै आएको पार्टी भएको भन्दै उनले भने, ‘तर पौडी खेल्न धेरै सिपालु मानिस नै दुर्घटनामा पर्छ । हामी खतरासँगै खेल्न आएकात हौं तर, सँधै सफल भइन्छ भन्ने जरुरी छैन । त्यसैले यो पटक हाामीले धेरै शतर्कता अपनाउन जरुरी छ ।’

उनले संविधानलाई आवश्यक परिमाजर्न गर्दै आन्तरिक राष्ट्रिय एकतालाई मजबुत पार्ने, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणलाई गति दिनु आफ्नो सरकारको चुनौती भएको बताए । ‘यदि हामीले २०७४ माघ ७ भित्रस्थानीय, प्रान्त र केन्द्रको चुनाव गर्न सकेनौं भने देश दुर्घटनामा पर्ने खतरा छ’ उनले भने, ‘र, यस्तो बेला म प्रधानमन्त्री भएको छु । जनताको यो अपेक्षा पुरा गर्ने संकल्प गरेको छु ।’

मित्र फेर्न सकिने तर, छिमेकी नसकिने रहेछ भन्दै प्रधानमन्त्री प्रचण्डले दुबै छिमेकी चीन र भारतसँगको सम्वन्धलाई नयाँ उचाईमा पुर्‍याउन पहल गर्ने बताएका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget