Websoft University

www.radiomakalu.com || 021-522512


किन यो देशमा भैरहेको छ महिला महिलाबीच बिहे ?

tanjania-women

काठमाडौं,भदौ ५ गते । विवाह भन्ने बित्तिकै महिला र पुरुषबीचको दाम्पत्य सम्बन्ध गाँसिने मौका । तर दुनियामा एउटा यस्तो देश पनि छ जहाँ पुरुष र महिलाबीच होइन, महिलाहरुले नै आपसमा विहे गरिरहेका छन् ।

हो, अफि्रकी देश तान्जानियामा महिलाहरुले पुरुषको साटो महिलासँगै बिहे गरिरहेका छन् । यसरी महिला महिला बीचमा बिहे हुनुको कारण अनौठो छ ।

ती महिलाहरुले समलिंगी भएका कारण आफुजस्तै महिलासँग बिहे गरेका होइनन् । वास्तवमा कुनैपनि विवाहित महिलाको श्रीमानको मृत्यु भएसँगै महिलालाई उनको सम्पत्तिमाथिको अधिकार खोसिन्छ । जसका कारण विधवा महिला बेसहारा बन्दछिन् । यस्तो बेसहारापनाबाट बच्नका लागि तान्जानियाली एकल महिलाहरुले एक नयाँ उपायको खोजी गरेका हुन् ।

न्युम्बा थोबू नामको प्रथाले महिलाहरुले सुरु गरेका हुन् । जुन परम्पराअनुसार एकल महिलाहरुले एक आपसमा बिहे गर्न सक्दछन् । यो चलन तान्जानियाली गाउँहरुमा तिव्र रुपमा बढिरहेको छ ।

परम्परागत विवाहको विपरित यसरी महिला महिलाबीच हुने विवाहपछि विवाहित महिलाहरु जुनसुकै पुरुषसँग शारीरिक सम्बन्धका लागि स्वतन्त्र हुन्छन् । यो विवाहपछि महिलाहरु कुनैपनि बन्धनबाट मुक्त हुन्छन् ।

एकल महिलाहरुले आपसमा विहे गर्ने परम्पराबाट सुरु भएको यो चलन विस्तारै अविवाहित युवतीहरुमा पनि सरेपछि कुर्या आदिवासी समुदायका पुरुषहरुमा चिन्ता छाएको छ । समुदायमा विवाहका लागि केटीहरु नै पाइन छाडेका छन् । केटीहरुले केटीसँगै एक आपसमा बिहे गरेर घरबार बसाउने र आफूले चाहेको युवकसँग केवल यौनसम्बन्ध मात्र कायम गर्ने गर्न थालेका छन् ।

महिलाहरुको यस्तो विवाहपछि महिलाहरु निकै शक्तिशाली बन्न थालेका र महिलामाथि हुने हिंसा तथा अवहेलनाका घटनामा कमी आएको बताइन्छ ।-अनलाइनखबर
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget