Websoft University

www.radiomakalu.com || 021-522512


हराइरहेकी स्कूले बालिका मृत अवस्थामा फेला


हराइरहेकी स्कूले बालिका मृत अवस्थामा फेला

बनेपा,साउन २१ गते । काभ्रेपलाञ्चोकको पाँचखालमा आज एक स्कुलेबालिका मृत अवस्थामा फेला परेकी छिन् ।

गत साउन १७ गतेदेखि हराइरहेकी भविष्य उज्वल प्रावि पाँचखालमा ५ कक्षामा अध्ययनरत ९ वर्षीया बालिका सन्जीता विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

उनका अनुसार सन्जीताको शव घरदेखि ३०० मिटर दक्षिणमा रहेको सुनसान जङ्गलमा फेला परेको थियो । “धेरै आशङ्का छन् त्यसैले विस्तृत अनुसन्धान गर्छौं”, प्रनाउ राईले भने ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget