Websoft University

www.radiomakalu.com || 021-522512


नेविसंघ महाधिवेशनमा मतदान सुरु

मतदातालाई कडा सुरक्षा जाँचपछि मात्र प्रवेश
नेपाल विद्यार्थी संघमा महाधिवेशन उद्घाटन भएको १० औं दिनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

नेविसंघमा नयाँ नेतृत्व चयनका लागि बुधबार कडा सुरक्षा घेराबीच नेपाली काँग्रेसको मुख्यालयमा मतदान सुरु भएको हो। मतदान बिहान ७ बजे सुरु गर्ने पूर्व निर्धारित तालिका रहेकामा उम्मेद्वारको संख्या धेरै भएकाले ती नामलाई विद्युतीय उपकरणमा राख्न समय लागेका कारण अपरान्ह पौने १ बजे मात्र सुरु भएको हो।

निर्धारित समयभन्दा ढिला सुरु भएकाले तथा मतदाता संख्या ३ हजार ८ सय ३५ रहेका कारण मध्यरातिसम्म मतदान हुने निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए। उनले मतदानमा धेरै समय लागे पनि मत परिणाम भने मतदान सकिएको दुई घण्टामा नै आउने बताए।

मतदानमा सहभागी विद्यार्थीलाई प्रहरीले कडा सुरक्षा जाँचपछि मात्र मतदानस्थलमा प्रवेश गर्न दिएको छ। विद्यार्थीको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कतिपय मतदाता आफ्ना छोराछोरीसहित उपस्थित भएका छन्।

निर्वाचनमा धेरै मतदाताले भोट दिन सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, खुला केन्द्रीय सदस्य लगायतका पद्मा ३२ वटा विद्युतीय उपकरणमार्फत मतदान गराइएको छ भने थोरै रहेका सीटका लागि मतपत्रमार्फत भोट हाल्न लगाइएको छ।

मत दिनुपर्ने पद धेरै भएका कारण एउटा मतदातालाई भोट खसाल्न १५ देखि २० मिनेट समय लागेको छ।

मतदानबाट १ सभापति, ११ उपसभापति, २ महामन्त्री, १२ सहमहामन्त्री र १ जना कोषाध्यक्ष तथा ९६ जना केन्द्रीय सदस्य चुनिनेछन्। मधेशीतर्फका एक सहमहामन्त्री र ५ जना केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन्। नेतृत्वमा पुग्न सभापतिमा ७, उपसभापतिमा ५६, महामन्त्रीमा ५, सहमहामन्त्रीमा ६६, कोषध्यक्षमा ६ र केन्द्रीय सदस्यमा ४ सय ६५ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।-सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget