Websoft University

www.radiomakalu.com || 021-522512


दाँतको उपचार गाउँ-गाउँमा



रसुवा,साउन ३० गते । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ ।


जिल्ला स्वास्थ्य प्रमुख डा. विवेकलाल कर्णका अनुसार जिल्लाभित्रका १५ वटा स्वास्थ्य चौकीका १७ जना स्वास्थ्य प्राविधिकलाई प्रशिक्षण दिएपछि अबदेखि ग्रामीणवासीलाई दाँतको उपचार सेवा दिन सहज भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सेभ द चिल्ड्रेन, मानेकोर सोसाइटी नेपाल र स्वास्थ्य तथा विकास समाजको सहयोगमा स्वास्थ्य प्राविधिकलाई दुईहप्ते दन्त शिविरमा प्रशिक्षण दिई तालिम प्रशिक्षणका क्रममा २३० जना नवतालिमे स्वास्थ्य प्राविधिकद्वारा सेवा प्रदान भइसकेको र यस्तोखाले प्रशिक्षण पहिलोपटक स्वास्थ्यकर्मीमा दिइएको बताइएको छ ।

दाँतको उपचार गर्न काठमाडौँ जानुपर्ने समस्याको अन्त्य भएको बताउँदै तालिमका सहभागीहरुले आफूले सिकेको सीपबाट गाउँमा रहेका स्वास्थ्य चौकीमार्फत दाँत फुकाल्ने, भर्ने र सफा गर्न सहज रुपले सेवा दिन सकिने क्षमताको वृद्धि विकास भएको बताएका छन् ।

तालिम एवम् प्रशिक्षण पश्चात् दाँत उपचारका क्रममा प्रयोग हुने कुर्सीसमेत एक–एकवटा वितरण गरिएको छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget