Websoft University

www.radiomakalu.com || 021-522512


मंसिरमै स्थानीय चुनाव गर्न दबाव दिने एमालेको निर्णय


UML-Central-Office
काठमाडौं,भदौ १ गते । नेकपा एमालेले आगामी मंसिर महिनामै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको बैठकले सरकारलाई दबाव दिन पूरै पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले आगामी मंसिरमा स्थानीय निकायको, वैशाखमा प्रादेशिक र अर्को मंसिरमा केन्द्रीय चुनाव गराउने निर्णय गरेको थियो । तर, कांग्रेस-माओवादी गठवन्धनको नयाँ सरकारले चैतमामात्रै स्थानीय चुनाव गराउने तयारी गरेको छ ।

मंसिरमा चुनाव नगर्ने सरकारको तयारीलाई एमालेले संविधान कार्यान्वयन नगर्ने षडयन्त्र भन्दै आएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले एमाले सरकारको योजना कार्यान्वयन गर्न दबाव दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार दबाव अभियान अन्तर्गत देशव्यापी कार्यकर्ता परिचालन गरिने छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget