काठमाडौं,साउन २७ गते । समूह चरणको अन्तिम खेलमा जित हात पार्दै ब्राजिल रियो ओलम्पिक अन्तरगत फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
ब्राजिलले डेनमार्कलाई ४-० ले हराएको छ । घरेलु टोलीले सुरुवाति २ खेल गोलरहित बराबरी खेेलेको थियो । र, अन्तिम आठमा स्थान बनाउन डेनमार्कविरुद्ध जित्नै पर्ने दबावमा थियो ।
ब्राजिलले गाबि्रयल बार्बोसाको गोलबाट अग्रता लिएको थियो । रियो ओलम्पिकमा ब्राजिलको यो पहिलो गोल समेत थियो । पहिलो हाफ सकिन पाँच मिनेट मात्र बाँकी छँदा गाबि्रयल जेसिसले अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा लुनाले गोल गरे भने बार्बोसाले व्यक्तिगत दोस्रो गोल गर्दा ब्रजिल ४-० को जित निकाल्न सफल भएको छ ।
सेमिफाइनलमा स्थन बनाउन ब्राजिलले अब कोलक्बियासँग खेल्नेछ ।-अनलाइनखबरबाट
Post a Comment