Websoft University

www.radiomakalu.com || 021-522512


प्रोजेक्ट बैंक बनाउँदै लगानी बोर्ड


inv-board-big

काठमाडौं, साउन १७ गते। लगानी बोर्डले परियोजना बैंक बनाउने भएको छ । लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि के कस्ता र कुन कुन आयोजना छन् भन्ने जानकारी दिने उद्देश्यले आयोजना बैंक स्थापना गर्न लागिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘कुनैपनि विदेश लगानीकर्ता आएर नेपालमा लगानीका लागि के कस्ता र कुन कुन आयोजनाहरु छन् भन्दा हामीले केहीपनि देखाउनसक्ने अवस्था छैन,’ सीइओ अधिकारीले भने- ‘प्रोजेक्ट बैंककोरुपमा संभाव्यता अध्ययन भइसकेका र संभाव्यता अध्ययन हुन बाँकी रहेका आयोजनाहरुको लिस्ट लागनीको बोर्डको वेवसाइटमा राखिने छ ।’

त्यसका लागि लगानी बोर्डले सबै मन्त्रालयहरुसँग भएका आयोजनाहरुको सूची मागिसकेको छ । ‘सरोकारवालाहरुबाट राम्रो रेस्पोन्स आएको छ,’ अधिकारीले भने ।

अहिले लगानी बोर्डसँग १४ वटा मात्रै परियोजना भएको र ति सबै प्याक भइसकेको उनको भनाई छ । निजी क्षेत्रले पनि बोर्डलाई संभाव्य भएका आयोजनाको सूची उपलब्ध गराउन सक्ने उनले बताए । ‘कस्ता आयोजनालाई बैंकमा राख्ने भनेर ‘स्ट्यान्डर्ड सेट’ गर्ने तयारी पनि भइरहेको छ,’ उनले भने ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget