Websoft University

www.radiomakalu.com || 021-522512


केपी ओलीले भने– आलोचना गर्ने ठाउँ नपाएपछि बालुवाटारबाट कुचो र नाङलो लगेको आरोप लगाइयो



काठमाडौं– पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले देश र जनतको पक्षमा गरेको काम सहन नसक्नेहरुले अनावश्यक आरोप लगाएको बताएका छन् ।

आफ्नो नेतृत्वको सरकारले कहिँकतै खोट लाउने काम नगरेको दाबी गर्दै ओलीले आलोचना गर्ने ठाउँ नपाएपछि बालुवाटारमा कुचो र नाङ्लो लेर गएको भन्ने आधारहिन आरोप लगाएको बताए ।

प्रेस चौतारी नेपालले पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ओलीले आधारहिन आरोप लगाएर आफ्नो र पार्टीको बद्नाम गर्न खोजिएको भन्दै आक्रोश पोखे ।

‘केपी ओलीलाई बद्नाम गर्ने षड्यन्त्र भएको छ’, उनले भने , ‘यो ओलीको लोकप्रियता घटाउने खेल हो । ओलीको बद्नाम गर्न खोजिनु भनेको सिंगो एमालेलाई बद्नाम गर्न खोजिनु हो ।’

उनले बालुवाटारबाट भँडाकुँडा हराएको भन्ने प्रसंगबारे अगाडि भने–प्रधानमन्त्रीले सपथग्रहण गर्नु अघि नै वालुवाटार छोडेको हुँ । सबै सामानहरू जिम्मा लगाएर मात्रै छोडेको छु ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार म्यादी सरकार भएको टिप्पणी गर्दै प्रचण्ड सरकारबाट कुनै नयाँ आशा गर्न नसकिने बताएका छन् ।
उनले सरकार बन्नुअघि नै ९ महिनाको लागि प्रचण्डले ल्याप्चे ठोकेकाले सरकारबाट केहि आशा गर्न नसकिने भन्दै कांग्रेससँग मिलेर सरकार चलेको भएपनि रिमोट भने अन्तैबाट सञ्चालित भएको समेत दाबी गरे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget