Websoft University

www.radiomakalu.com || 021-522512


महिला विश्वकप क्रिकेटको एशियाली छनौटका लागि परिषदद्वारा प्रारम्भिक टोलीको घोषणा



काठमाडौं,भदौ ८ गते । राष्ट्रिय खेलकुद परिषदले आइसीसी विश्वकप छनौट एसिया-२०१६ का लागि प्रारम्भिक महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।


फाइल तस्वीर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले, आधिकारिक निकाय नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि परिषदले प्रतियोगिताका लागि ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरेको हो ।

परिषदको आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा पहिलो चरणमा ३८ खेलाडीको छनोट गरिएको हो ।

राष्ट्रिय छनोट प्रतियोगिताअघि जिल्ला छनोट असार २८ र क्षेत्रीय छनोट असार ३० देखि ३१ गतेसम्म भएको थियो । छनौट अक्टोबर ९ देखि १५ सम्म हङकङमा हुँदैछ ।

परिषदले घोषणा गरेको प्रारम्भिक टोलीमा रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मी शर्मा, काजोल श्रेष्ठ, कविता गौतम, अनिशा पराजुली, अनुराधा चौधरी, रोमा थापा, संगीता राई र शोभा आले छन् ।

त्यस्तै रचना अर्याल, सीता श्रेष्ठ, सारदा वाग्ले, अस्मिना कर्माचार्य, रोजी कडारी, आरती विडारी, रविना भण्डारी, इन्दु बर्मा, वषर्ा राणा, सरस्वती पुन, लक्ष्मी चौधरी, नेरी थापा, ममता थापा, गीता गोसाईं, त्रिश्णा सिंह, रोशनी बोहराले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।

कविता जोशी, रेखा रावल, करुणा भण्डारी, रितु कनौजिया, सीता राना मगर, सरिता मगर, सोनु खड्का, ज्योती पाण्डे, नीरा राजोपाध्याय तथा विनु बुढाथोकी पनि प्रारम्भिक छनोटमा पर्न सफल भएका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget