Websoft University

www.radiomakalu.com || 021-522512


रियलस्टेटमा बैंकहरुको लगानी साढे ७६ अर्ब

एक करोडभन्दा कमको 'होम लोन'मा भने ९८ अर्बHome lon

काठमाडौं, साउन १८ गते । रियलस्टेट व्यवसायमा वाणिज्य बैंकहरुको कूल लगानी ७६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । ०७१ चैत मसान्तको तुलनामा ०७२ चैत मसान्तसम्ममा रियलस्टेटतर्फको कर्जा ११ अर्ब रुपैयाँले बढेको हो । तथापि यो कुल लगानीको ६ प्रतिशत मात्रै हो । ०७२ चैत मसान्तसम्ममा बैंकहरुले १२ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

अंकमा हेर्दा एक वर्षमा ११ अर्ब रुपैयाँले बढेको देखिए पनि बैंकहरुको कारोबारमा भएको वृद्धिअनुसार भने रियलस्टेट कर्जाको वृद्धि भने कम नै हो । एक वर्षको अवधिमा बैंकहरुको कर्जा विस्तार १ खर्ब ७४ अर्ब रुपैयाँले बढेको छ । ०७१ चैत मसान्तमा बैंकहरुको कुल लगानी १० खर्ब ९१ अर्ब रुपैयाँ थियो ।

लगानी योग्य पुँजीको पर्याप्तता -अधिक तरलता) को मारमा रहेर पनि बैंकहरुले घरजग्गा क्षेत्रमा लगानी नियन्त्रण गर्न सफल भएको देखिन्छ । रियलस्टेटमा आएको मन्दीसँगै बैंकहरुले यस क्षेत्रको लगानी नियन्त्रण गर्न थालेका हुन् ।

तर, व्यक्तिगत घरकर्जामा भने बैंकहरुले कर्जा उल्लेख्य बढाएका छन् । एक वर्षको अवधिमै होमलोन भने १८ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एक करोड रुपैयाँभन्दा तलको होमलोनमा बैंकहरुको लगानी ९८ अर्ब रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ८० अर्ब मात्रै थियो ।

राष्ट्र बैंकको सीमाभित्रै

१ करोड रुपैयाँभन्दा तलको घर कर्जा रियलस्टेटमा गण्ना नहुने राष्ट्र बैंकको व्यवस्था छ । योसहित जोडेर हेर्दा बैंकहरुको घरजग्गा क्षेत्रमा कूल १ खर्ब ७५ अर्ब रुपैयाँ लगानी छ । जुन कुल लगानीको १४ प्रतिशत हुन आउँछ । राष्ट्र बैंकले एउटै क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरेको छ ।

बैंकहरुले अनियन्त्रितरुपमा घरजग्गामा लगानी बढाएपनि राष्ट्र बैंकले ०६७ सालमा कडाई गरेको थियो । घरजग्गा शीर्षक अन्तगर्त चार उपशीर्षकमा ऋण दिन पाइने व्यवस्था छ । जसअन्तर्गत बैंकहरुले व्यक्तिगतरुपमा आवासिय घरजग्गा कर्जा, विजनेश कम्प्लेक्स र आवासिय अपार्टमेन्ट, आम्दानी दिने व्यावसायिक भवन, जग्गा खरिद तथा प्लटिङ ।

व्यक्तिगतरुपमा प्रदान गरिने आवासिय कर्जालाई दुई किसिमले वर्गिकरण गरिएको छ । यस्तो कर्जालाई १ करोड रुपैयाँभन्दा माथि र एक करोड रुपैयाँभन्दा तल भनेर छुट्टाछुट्टै रुपमा आफ्नो वित्तीय विवरणमा प्रकाशित गर्नुपर्ने हुन्छ । १ करोड रुपैयाँभन्दा तलको घर कर्जा रियलस्टेटमा गण्ना नहुने राष्ट्र बैंकको व्यवस्था छ ।

बैंकहरु ‘होमलोन’मा केन्द्रित

केही वर्षअघिको मन्दीबाट पाठ सिकेका बैंकहरुले अधिक तरलता हुनेवित्तिकै सीमाभन्दा धेरै तल रहँदारहँदै पनि लगानी नबढाएको बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए ।

तर, व्यक्तिगत घर कर्जा -होमलोन) लाई भने बैंकहरुले प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको उनको भनाई छ । पछिल्ला वर्षहरुमा शहरी इलाकामा बैंकबाट ऋण लिएर घर बनाउने सर्वसाधारणको संख्या बढेसँगै घर कर्जा पनि बढेको पौडेलको भनाई छ ।

‘व्यक्तिगत घर कर्जाको माग बढ्दो छ, जसमा आफ्नो लगानी पनि सुरक्षित भएकाले बैंकहरु आकषिर्त भएका छन्,’ उनले भने -‘जाागिर खाएर वा व्यवसाय गरेर केही रकम आर्जन गर्न थालेपनि मान्छेहरु घर बनाउनतिर लाग्ने नेपाली संस्कार छ ।’

हाउजिङमा र अपार्टमेन्टमा स्थिर

०७२ चैत मसान्तसम्ममा व्यावसायकि भवन र अपार्टमेन्टमा बैंकहरुको १५ अर्ब रुपैयाँ लगानी छ । ०७१ चैत मसान्तमा यस्तो लगानी १२ अर्ब ५४ रुपैयाँ थियो । बैंकहरुको कर्जाको आकार २ खर्बले बढ्दा अपार्टमेन्ट क्षेत्रतर्फको लगानी अढाई अर्बले बढेको हो ।

हाउजिङमा कर्जाको माग अलिअलि बढेको तर अपार्टमेन्टबाट भने भूकम्पपछि कर्जाको माग पनि नआएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

‘गत वर्षसको भूकम्पपछि थला परेको अपार्टमेन्ट व्यवसाय अझै उक्सिन सकेको छैन,’ दाहालले भने- ‘मान्छेहरुले अब भूकम्पको त्रास अलिअलि गर्दै भुल्न थालेका छन्, अब चैं तंगि्रन्छ कि ।

त्यसैगरी, चालु आवमा १ करोड रुपैयाँभन्दा बढीको होमलोन १५ अर्ब रुपैयाँ छ । गत आवमा १२ अर्ब ६४ करोड रुपैयाँ थियो । खासगरी १ करोडभन्दा बढीको होमलोन हाउजिङमा जाने गरेको बैंकहरहरुको भनाई छ ।

प्लटिङमा ४० अर्ब

बैंकहरुले घडेरी किन्न तथा जग्गा प्लटिङ गर्न ४० अर्ब रुपैयाँ लगानी गरेका छन् । यो क्षेत्रमा एक वर्षको अवधिमा १३ अर्ब रुपैयाँले कर्जा बढेको छ । वर्षदिन अघि प्लटिङमा २७ अर्ब रुपैयाँ लगानी गरेका थिए । एक वर्षमा १३ अर्ब रुपैयाँले कर्जा बढ्नु सामान्य भएको बैंकस संघका अध्यक्ष पौडेल बताउँछन् ।

‘एक वर्षको अवधिमा बैंकहरुको कूल लगानी १ खर्ब ७४ अर्ब रुपैयाँले लगानी बढेको छ,’ उनले भने- ‘यसलाई आधार मानेर हेर्ने हो भने घडेरी तथा जग्गा शीर्षकमा बढेको १३ अर्ब रुपैयाँ सामान्य वृद्धि हो ।’

०७१ चैत मसान्तमा बैंकहरुको कूल लगानी १० खर्ब ९१ अर्ब रुपैयाँ थियो भने चालु आर्थिक वर्षको चैत मसान्तमा कुल लगानी बढेर १२ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । असार दोस्रो सातासम्ममा बैंकहरुको कुल लगानी १३ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

रियलस्टेटमा बैंकहरुको लगानीको अवस्था (रु. हजारमा)
बैंक०७२ चैत
नबिल ४३८४२९३
सानिमा ३०८१६५१
सिटिजन्स् ४४३७८६५
ग्लोबल आइएमइ ३५६२५७०
बीओके ७८८३३६
एनसीसी ५०५९५१
लुम्बीनी २१७७४११
एसबीआइ २७५९७४६
लक्ष्मी १२२४३५२
स्ट्यान्डर्ड चार्टर्ड १५७११३८
जनता १०३५८२०
इन्भेष्टमेन्ट ४६३६५७६
सिद्धार्थ ४५३३१८८
प्रभु ३९८८३२७
एनआइसी एसिया २५१५४५६
एभरेष्ट ३२०५१२४
सनराइज २२६४६३४
एनएमबी ३३५४१५७
कुमारी १८३५८९५
एनबी ३५५४००
हिमालयन ३३१३१३२
प्राइम ४६०४३४१
सिभिल १२६६१०९
मेेगा १८७५४८५
सेञ्चुरी १२११५२२
माछापुच्छ्रे २२५९५९०
कृषि विकास ६५७८९७
नेपाल बैंक २७२८४६४
राष्ट्रिय वाणिज्य ३३०६१७०
जम्मा ७६६३९००३

अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget