Websoft University

www.radiomakalu.com || 021-522512


क्रिष्टियन बेनटेके लिभरपुल छाडेर क्रिष्टल प्यालेस जाने


christian_benteke

काठमाडौं,भदौ ३ गते । इंग्लिस प्रिमियर लिग क्लव क्रिष्टल प्यालेसले लिभरपुलका बेल्जियन स्ट्राइकर क्रिष्टियन बेनटेकेसँग २७ मिलियन पाउण्डमा सम्झौताको अन्तिम तयारी गरेको छ ।

मेडिकल परिक्षण र अन्य सर्तहरुलाई अन्तिम रुप दिनका लागि २५ बर्षीय स्ट्राइकर बेनटेके लण्डन जाँदैछन् ।

गत बर्षको जुलाईमा बेनटेके ३२ मिलियन पाउण्डमा लिभरपुलमा आबद्ध भएका थिए । उनी अहिले क्रिष्टल प्यालेसका लागि कीर्तिमानी सम्झौताको नजिक पुगेका छन् । ३० मिलियन पाउण्डको हाराहारीमा उनीसँग सम्झौता हुनसक्ने बताइएको छ ।

क्रिष्टल प्यालेसले यसअघि न्युकाशलका विंगर आन्द्रोस टाउनसेन्डलाई १३ मिलिण्ड पाउण्ड खर्चेर गत जुलाईमा क्लवमा भित्र्याएको थियो ।

बेनटेकेले बेल्जियमको राष्ट्रिय टोलीबाट २६ क्याप जितेका छन् । लिभरपुलबाट अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि उनी क्रिष्टल प्यालेससँग अनुबन्धित भएका हुन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget