डा. विशेष पौडेल
कुनै व्यक्तिको शरिरमा सबै कुरा ठिक छ । रगत परीक्षणमा पनि समस्या देखिएको छैन । तर, कतिपयमा रगतका प्रमुख तीन तत्वमध्येको एक ‘प्लेटलेट्स’को मात्रा कमी हुने समस्या रहन्छ । यस्तो अवस्थालाई मेडिकल भषामा इम्यून थ्रोमोसाइटोपेनिक पर्पुरा(आई.टी.पी.) भनिन्छ । आईटीबी भएमा मानिसको शरिरमा विभिन्न समस्या देखिने हुन्छ ।
आईटीपी हुने प्रक्रिया
हाम्रो शरिरमा हाडभित्र हुने मासी(बोनम्यारो)मा निरन्तर प्लेटलेट््स बनिरहेको हुन्छ । मानिसको शरिरमा प्लेटलेट्सलाई नष्ट गर्ने एन्टीबडी पैदा भएर त्यसले प्लेटलेटलाई फुटाइदिन्छ । इन्फेक्सन, औषधीको खराव प्रभाव वा अन्य कुनै कारणले गर्दा शरिरमा बनेको एन्टीबडीले प्लेटलेट्स नष्ट गर्छ ।
एन्टीबडीले दुई ढंगले रगतमा प्लेटलेट्सको मात्रा घटाउन भूमिका खेल्छ । एक रगतमा भएको प्लेटलेट्सलाई फियोमा लगेर नष्ट गरिदिन्छ । अर्को, कहिलेकाहिँ एन्टीबडीले बोनम्यारोमै प्लेटलेट बनाउने कोषलाई काम गर्न दिँदैन । यी दुई कारणले शरिरमा प्लेटलेटको कमी हुन्छ । नेपालमा यी दुई कारणले हुने आईटीपीको समस्या ज्यादा छ ।
हाम्रो शरिरमा हुने रगतको एक डेसीलिटरमा एक लाख ५० हजारदेखि ४ लाख प्लेटलेट हुनुपर्ने हो । रगतमा अरु सबै पक्ष सामान्य भएर प्लेटलेट्स मात्रै कमी भएमा आईटीपीको लक्षण देखिन्छ । प्लेटलेट्सको काम रक्तस्राव रोक्ने पनि हो । प्लेटलेट्सको कमी हुनासाथ रक्तस्रावको खतरा हुन्छ । प्लेटलेट्सको मात्रा प्रति डेसीलिटर ३० हजारभन्दा कम हुन थालेपछि रक्तस्राव हुन्छ । १० हजारभन्दा कम भएमा टाउकोमा रक्तस्राव हुने जोखिम बढी हुन्छ ।
आईटीपीको कारण
आईटीपीको कारणवारे अनुसन्धानकर्ताहरु एकमत छैनन । विभिन्न कारणले आईटीपीको स्थिती देखा पर्छ । पेटमा ‘एच पाइलोरी’ नामक जिवाणुका कारण ग्याँष्ट्रिक हुन्छ भनिन्छ । कतिपयले आईटीपीका लागि त्यो जीवाणु पनि कारक मानेका छन् । नेपालमा विभिन्न कारणले आईटीपी देखिएको छ । कुनै निश्चित कारण भने छैन ।
अचम्म नै मान्नुपर्छ, नेपालमा आईटीपी ‘सिजनल’ रुपमा देखिएको हुन्छ । गर्मी महिना शुरु हुनासाथ आईटीपीका विरामीहरु एकदमै बढ्छन् । जो बिरामी एकपटक निको भएर जान्छन्, उनीहरु फेरि यही गर्मी सिजनमा फर्केर आउने समस्या ज्यादा छ ।
आईटीपीका कारण शरिरमा निलो छिर्का, दागहरु देखिन थाल्छ । नाक, मुखबाट रक्तस्राव हुन थाल्छ । प्लेटलेट्सको संख्या ३० हजारभन्दा कम भए रक्तस्राव हुन थाल्छ । संख्या आवश्यक भन्दा बढी भएमा पनि विभिन्न लक्षण देखिन्छ । उदाहरणका लागि १० लाखभन्दा बढी भएमा रक्तस्राव हुन थाल्छ । शरिरमा रगत जम्ने खतरा पनि हुन्छ । त्यसलाई ‘थम्बोसिस’ भनिन्छ ।
उपचार कसरी
आईटीपीका विरामीलाई ‘प्लेटलेट्स’ प्रत्यारोपण गरिदिएर कुनै सुधार हुदैन । एक्वेरियममा बसेका माछालाई खाना दिनुजस्तै हो । शरिरमा नै एन्टीबडी भएको हुनाले दिनासाथ एन्टीबडीले प्लेटलेट्स नष्ट गरिदिइहाल्छ । शरिरमा रक्तस्राव निरन्तर चल्छ । कतिपय अवस्थामा रक्तस्राव रोक्न सकिएन भने मात्रै रोक्नलाई प्लेटलेट्स प्रदान गरिन्छ । तर छिट्टै नै एन्टीबटीले नष्ट प्लेटलेट्सको संख्या नष्ट गरेर शरिरलाई पहिलेकै अवस्थामा पु¥याइदिन्छ ।
शरिरमा प्लेटलेट्सको संख्या घटाइदिने कारकको रुपमा रहेको एन्टीबडीलाई नष्ट गर्न हामी विरामीलाई औषधी दिन्छौंं । कुनै औषधीले पनि प्रभावकारी काम नगरेमा भने अपरेशन मार्फत फियो काटेर फाल्नुपर्छ । आईटीपीका विभिन्न औषधीमध्ये सफलताको दर करिव २५ प्रतिशत मात्रै रहन्छ । विरामीमध्ये उपचारको शुरुमा ७५ प्रतिशतलाई प्रभावकारी भएपनि पछि भने प्रभावको दर घट्दै जान्छ ।
फियो काटेर फालेमा भने विरामीलाई निको हुने दर करिव ७५ प्रतिशत छ । तर, फियो काटेपछि संक्रमण हुने खतरा रहन्छ । इन्फेक्सन नहोस् भनेर ५÷५ वर्षमा त्यस्ता विरामीलाई भ्याक्सिन दिइरहेका हुन्छौं । फियो काटेर फाल्दा शरिरका रक्त नलीहरुमा रगत जम्ने खतरा केही बढी हुन्छ ।

Post a Comment