Websoft University

www.radiomakalu.com || 021-522512


डोनाल्ड ट्रम्पलाई अर्को झड्का, मूख्य चुनावी प्रचारकले दिए राजिनामा -



काठमाडौं, भदौ ४ गते । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ ।

उनका मूख्य चुनावी प्रचारकले नै ट्रम्पलाई सघाउन नसकिने भन्दै राजिनामा दिएका छन् । जिम्मेवारी सम्हालेको दुई महिनामै मूख्य प्रचारक पाउल मानाफोर्टले राजिनामा दिएका हुन् ।

उनले किन छाडे भन्ने यकीन नभएपनि ट्रम्पले पछिल्ला दिनमा व्यक्त गरेका भनाइसँग विमती रहेकाले राजिनामा गरेको हुनसक्ने आंकलन गरिएको छ ।

उता, अमेरिकाको विभिन्न शहरको चोक चोकमा ट्रम्पको नांगो प्रतीमा उभ्याइएको छ ।

विभिन्न कलाकारले एक बदनाम र आलोचनाबाट घेरिएको व्यक्ति कसरी राष्ट्रपति बन्न सक्छ भन्ने प्रश्न गर्न निर्वस्त्र प्रतीमा ठड्याइएको जनाएका छन् ।

न्यूयोर्क, लसएञ्जलस, सियाटल, सनफ्रान्सिस्को क्लेभल्याण्ड जस्ता शहरका चोकमा नांगो प्रतीमा उभ्याइएको छ । मानिसहरु ती प्रतीमामा झुम्मिएर सेल्फी लिने जस्ता काम गरिरहेका देखिन्थे । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget