Websoft University

www.radiomakalu.com || 021-522512


महरा र चिनियाँ प्रधानमन्त्रीबीच भेट



उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरा र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच बुधबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीको विशेष दूतका रुपमा बेइजिङ गएका महराले बुधबार बिहान प्रधानमन्त्री खछ्याङको कार्यालयमा उनलाई भेटेका हुन्।

भेटमा उनले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। जवाफमा चिनियाँ प्रधानमन्त्रीले निम्तोका लागि धन्यावाद दिँदै दुवै देशका परराष्ट्र मन्त्रालयले यसबारेमा आवश्यक समन्वय गर्ने बताए।

भेटमा उपप्रधानमन्त्री महराले चीन सरकारले नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा गरेको सहयोगका लागि धन्यावाद दिए। चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपाललाई दिइने सहयोगमा अझै वृद्धि गर्ने चाहना रहेको बताए।

भेटमा अर्थमन्त्रालयका अधिकारीसहित बेइजिङस्थित नेपाली दूतावासका कर्मचारी पनि सहभागी थिए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget