Websoft University

www.radiomakalu.com || 021-522512


महिला सङ्घको महाधिवेशन भदौ २९ गते

nepal women union

काठमाडौँ, भदौ ८ गते । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन हुन बाँकी भ्रातृ संस्थाको महाधिवेशन शीघ्र गर्न निर्देशन दिएपछि महिला सङ्घले तयारी थालेको हो ।

महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको केन्द्रीय सदस्य तथा मिडिया संयोजक निर्मला क्षेत्रीले जानकारी दिनुभयो । महाधिवेशन तोकिएकै समयमा सम्पन्न गराउन पार्टीले निर्देशन समितिसमेत गठन गरिसकेको छ ।

नेता एनपी साउदको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल सदस्य रहनुभएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget