Websoft University

www.radiomakalu.com || 021-522512


यो वर्ष नविल बैंकले कति देला लाभांस ?



काठमाडौं,भदौ ३ गते । सरकारी बैंकले अचल सम्पत्ति बेचेर अर्बौ नाफा देखाएपनि ‘कोर बैंकिङ’ गरेर विगतदेखि नै सबैभन्दा बढी नाफा कमाउने बैंक हो, नविल । यो बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ ।

अर्बपति विनोद चौधरीको लगानी रहेको यो बैंकले लगानीकर्तालाई कति लाभांस देला त ? लगानीकर्ताका लागि भने सबैभन्दा ठूलो चासोको विषय हो यो । अघिल्लो वर्षको नाफाबाट गत वर्ष बैंकले ३० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस दिएको थियो ।

यो आर्थिक वर्षमा बैंकले कम्तीमा ४५ देखि बढीमा ७५ प्रतिशतसम्म लाभांस दिने अनुमान गर्न सकिन्छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत रिजर्भमा राखेर पनि ४५ प्रतिशतसम्म लाभांस दिने क्षमता राख्छ ।

तर, ४५ प्रतिशत बोनस सेयर नै दिएपनि कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ मात्रै पुग्छ । किनभने हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७५ करोड ६५ लाख रुपैयाँ छ । बैंकले मर्जरमा नगइ चुक्ता पुँजी बढाउनका लागि ७५ प्रतिशतसम्म बोनस सेयर जारी गर्नुपर्ने देखिन्छ ।

गत वर्ष कमाएको नाफाको २० प्रतिशत रिजर्भमा लाँदा बैंकको रिजर्भ ८ अर्ब पुग्छ । रिजर्भमा भएको रकमलाई बोनस सेयरमार्फत चुक्ता पुँजीमा स्थानान्तरण गर्न सकिन्छ । त्यसैले कुनैपनि संस्थासँग मर्ज वा एक्वायरमा नगई पनि यो बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन सक्छ ।

यो बैंकले केही साना विकास बैंक र फाइनान्स कम्पनीलाई मर्ज वा एक्वायर गरेर ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म पुँजी जुटाउन सक्छ । त्यसो गर्दा बैंकले ५० देखि ६० प्रतिशतसम्म बोनस सेयर जारी गर्ने देखिन्छ । त्यसैले यो सबैभन्दा बलियो संभावना छ ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्‍याउनुपर्ने हुन्छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget