Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापाको घोषणा- राप्रपासँग एकताको अध्याय समाप्त

Kamal-Thapa

राणाले राजनीतिक बेइमानी गरेको थापाको आरोप
काठमाडौं,साउन २५ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकताको अध्याय समाप्त भएको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले राप्रपासँग अब एकता नहुने बताएका हुन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको थापाले आरोप लगाए ।

थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने तयारी भइरहेको थियो । तर, सोमबार राणाले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राप्रपा नेपालसँग एकता नहुने बताएका थिए ।

राप्रपा नेपाल र राप्रपाबीच प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद छ । विवादकै बिच राप्रपाका दुई मन्त्रीलाई समेटेर प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget