Websoft University

www.radiomakalu.com || 021-522512


अब इबोला र क्यान्सर विरुद्ध एक हप्तामै खोप बनाउन सकिने

ibola

वैज्ञानिकहरुले इबोला तथा इन्फ्लुएन्जा जस्त रोग विरुद्धका सुइको विकाश गरेका छन् । राइबो न्युक्लिक एसिडमा आधारित उक्त खोपलाई अधिकतम एक हप्तामा सजिलैसँग तयार गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

खोपको विकाश गर्ने उक्त विधि अन्तरगत आनुवंशिक तत्व आर एन एलाई मेसेन्जरको रुपमा सामेल गरिएको छ । जसमा कुनैपनि विषाणु, जिवाणु तथा परजिवीजन्य रोगका अणुहरुलाई प्याक गरेर कोशिकाहरुमा पठाइन्छ । वैज्ञानिकहरुका अनुसार रोगका अणु कोशिकामा पुगेपछि प्रोटिनमा परिणत हुन्छन् । प्रोटिनमा बदलिएसँगै सोही रोग विरुद्ध रोगप्रतिरोधक क्षमता विकशित गर्दछन् ।

अधिकांस परम्परागत खोपहरु भाइरस वा अन्य रोगका कारकतत्वको प्रयोग गरी तयार पारिन्छ । सामान्य रुपमा त्यस्ता खोपहरु त्ायार गर्न लामो समय लाग्दछ । यस्ता खोपहरु सुक्ष्म जिवद्धारा तयार पारिएको प्रोटिनबाट तयार हुने भएपनि यिनबाट मजबूत प्रतिरक्षा प्रतिक्रिया प्राप्त हुँदैन ।

शोधकर्ताहरुका अनसार उनीहरुले पछिल्लो अनुसन्धान संक्रामक रोगका साथै क्यान्सरको खोेप तयार पार्नमा पनि गरिरहेका छन् । यसले प्रतिरक्षा प्रणालीमा ट्यूमरको पहिचान गरी त्यसलाई नष्ट गर्नमा सहयोगी हुनेछ ।

अमेरिकास्थित म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका शोधकर्ता डानियल एन्डरसनका अनुसार पछिल्लो पद्धतिबाट ७ दिनमै नयाँ रोगको विरुद्ध खोप तयार पार्न सकिन्छ । यस सम्बन्धी शोध प्रोसिडिंग्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget