Websoft University

www.radiomakalu.com || 021-522512


आज पनि बसेन संसद बैठक, साउन ६ गतेसम्मका लागि स्थगित

ca building

काठमाडौं असार ३१ गते । दलहरुको अडानका कारण आज बस्ने भनिएको व्यवस्थापिका संसद् बैठक बस्न सकेन । बुधबार सूचना टाँसेर आज तीन बजेका लागि बैठक बोलाइएको थियो ।

आज पनि सूचना टाँसेर आगामी साउन ६ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । विशेष कारण भन्दै आज बैठक स्थगित भएको जानकारी दिइएको छ ।

बजेट सम्बन्धि तीन विधेयकहरुमा छलफल बाँकी रहेको छ । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत २१ औं संशोधन विधेयकहरुमा छलफल बाँकी रहेको छ ।

व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव दर्ता गरेको कांग्रेस माओवादीले पहिले अविश्वास प्रस्ताव बारे छलफल हुनुपर्ने माग गरेको छ ।

अल्पमतमा परेको सरकारले विधेयक पास गर्दा त्यसलाई बहुमतको रुपमा अर्थाउने भन्दै दुई पार्टीले पहिले अविश्वासको प्रस्तावमा नै छलफल गर्नुपर्ने माग गरेका हुन् ।

गत २९ गते व्यवस्थापिका संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराइएको थियो । उक्त प्रस्ताव परिपक्व हुन एक हप्ता समय लाग्छ ।

यो पनि
एमाले प्रमुख सचेतक ढकालले भने–सभामुखले षडयन्त्र गरिन्
अविश्वासको प्रस्तावको प्रक्रिया पुरा भएपछि बजेट सम्बन्धी विधेयक पास
मन्त्रिपरिषद् निर्णय : अविश्वास प्रस्तावको सामना गर्ने, केसीको माग सम्बोधन गर्ने चिकित्सा ऐनको मस्यौदा पारित
अल्पमतमा परेको सरकार जोगाउन आज प्रर्दशन
ओलीको अफर किन अस्वीकार गरे देउवा र पौडेलले ?
सभापतिले केन्द्रीय समितिमा छलफल नगरी निर्णय गर्नुभयो : नेतृ कोइराला
नयाँ सरकार गठन गर्न संवैधानिक जटिलता छैन् : विडारी, अरु वकील के भन्छन् ?।रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget