Websoft University

www.radiomakalu.com || 021-522512


इराकमा भयानक विष्फोट, ७९ को मृत्यु

Bagdad-Blast,-Reuters
काठमाडौं , असार १९ गते । इराकको राजधानी बगदादमा यो बर्षकै सबैभन्दा भयानक विष्फोट गराइएको छ । विष्फोटमा परि ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन् । मारिनेका अधिकांश वालवालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार उक्त विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको छ । एक अनलाइन बक्तव्य जारी गर्दै इस्लामिक स्टेटले व्यस्त बजारको बीचमा गराइएको बिष्फोटको जिम्मा लिएको हो । यद्यपी यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
बर्षको सबैभन्दा ठूलो आक्रमणको रुपमा आइतबार बिहान बग्दादको व्यस्त बजारमा गरिएको कारबम हमलामा ७९ जनाको मृत्यु भएको हो भने १३० भन्दा बढी घाइते भए । यो बर्ष राजधानी शहरमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
अधिकारीहरुका अनुसार कर्रदा इलाकामा भएको बिष्फोटमा परेका धेरै मानिसहरु रमदान चाडका लागि किनमेल गर्न जम्मा भएकाहरु थिए ।
यसैबीच शनिबार बंगलादेशको ढाकामा २० जनाको मृत्यु हुने गरी गराइएको आक्रमणको जिम्मा पनि आइएसआइएसले नै लिएको थियो । तर त्यो घटनाबारे फरक फरक तथ्यहरु आइरहेको छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget