Websoft University

www.radiomakalu.com || 021-522512


अपेक्षाअनुसार सेवा दिन सकेका छैनौं: प्रहरी महानिरीक्षक




बनेपा, साउन १४  गते । महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नागरिकको अपेक्षा अनुसारको सेवा दिन नसकेको बताएका छन्।  जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले धुलिखेलमा निर्माण गरेको प्रहरी प्रमुखको निवास उद्घाटन कार्यक्रममा अर्यालले नागरिक र प्रहरीबीचको आशङ्का र खाडललाई पुर्न जरुरी भएको बताए। 
प्रहरी महानिरीक्षक अर्यालले नागरिक र प्रहरीबीच दुरी बढे प्रहरी अपराधीको साथी हुने तर्क गर्दै प्रहरीको काम र व्यवहार जनतासँग जोडिएको हुनुपर्ने बताए।  प्रहरीले नागरिकसँग मिलेर काम गर्नुपर्नेमा जोड दिँदै उनले यातायात, सञ्चार र प्रविधिको विकासले अपराधिक मनोवृत्ति बढेको विश्लेषण सुनाए।

अपराध र अपराधीको दृष्टिकोणले काभ्रेपलाञ्चोक संवेदनशील भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले प्रहरी सङ्गठनलाई जीवन्त राख्न नागरिकसँग मिलेर प्रहरीले काम गर्नुपर्ने बताए। बनेपाका स्थानीय व्यवसायी रामभक्त प्रधानले प्रदान गरेको २९ लाख २७ हजार ८२८  रुपैयाँमा चार कोठासहितको प्रहरी उपरीक्षकको निवास धुलिखेलमा निर्माण भएको हो। रासस 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget