Websoft University

www.radiomakalu.com || 021-522512


चिनियाँ राष्ट्रपतिको नेपाल भम्रण रोक्न सरकार ढाल्ने खेल भयो : संचारमन्त्री

Sanchar-mantri-sher-dhan-Rai1

भक्तपुर, साउन ६ गते। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्नको लागि वर्तमान सरकार ढाल्ने खेल भएको बताएका छन् । रफत सञ्चार क्लबले बिहिवार गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले भने ‘ चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउदा नेपालको कायपालटमा हुन्थ्यो तर कसै–कसैलाई यो राम्रो लागेन’ । वर्तमान सरकार माथि दर्ता गरिएको अबिश्वासको प्रस्ताबले सकारात्मक परिणाम नल्याउने समेत मन्त्री राईको दाबी छ । कार्यक्रममा बोल्दै उनले भने ‘नयाँ गठबन्धन नेपाल र नेपालीको हितमा काम गरेन’ । संसदमा सभामुख ओनसरी घर्तीले अभिभावको भूमिका निर्वाह गर्नुपर्ने भएता पनि हाल उनको भूमिकालाई नियाल्ने हो भने निश्पक्ष नरहेको उनले आरोप लगाए । ‘सभामुखले वर्तमान समयमा आफ्नो चरित्र गैर राजनितीक गर्न नसक्दा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको छ’, मन्त्री राई भने । नेपाली काँग्रेस र माओबादी केन्द्र बीच भएको सम्झौता आफ्नो इच्छाले भन्दा पनि बाहिरी प्रभावमा बनेको स्पष्ट भएको समेत मन्त्री राईको आरोप छ ।- हेमराज ढकाल, रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget