Websoft University

www.radiomakalu.com || 021-522512


झिँगापीडित स्थानीयले सिडिओलाई भने– झिँगाआतंक समाधान गर होइन भने गोली हानेर मार




विराटनगर, असार  २० गते । ‘सरकारले हामीलाई झिँगाआतंकबाट मुक्त गराउनुपर्यो होइन भने गोली हानेर मार्नुपर्यो,’ झिँगापीडित स्थानीयले आक्रोश व्यक्त गरे, ‘कि विष देऊ नत्र हामीलाई स्वास्थ्य दिनुपर्यो । झिँगाआतंक कति दिन बस्ने ?’

मोरङको सोराभाग–८ स्थित विराट पोल्ट्री फार्मको झिँगापीडित स्थानीयले आइतवार अनुगमनमा पुगका मोरङ सिडिओ तोयम रायसमक्ष यसरी आक्रोश व्यक्त गरेका थिए । स्थानीयले घटनास्थलमै प्रशासन प्रमुख सिडिओ रायलाई ज्ञापनपत्र बुझाउँदै झिँगाआतंक दिगो रूपमा समाधान नगरेसम्म संघर्ष जारी राख्ने बताए ।
aandolit sthaniya


झिँगापीडित संघर्ष समिति संयोजक गोविन्द खतिवडाले अनुगमनमा पुगेका सिडिओ राय, एसपी सन्दीप भण्डारी, स्थानीय विकास अधिकारी नारायण मैनालीसमक्ष भने, ‘बरु गोली खाएर मर्छौं, झिँगाले खाएर मर्न चाहँदैनौ ।’

संघर्ष समिति सदस्य इन्दिरा उप्रेतीले झिँगाआतंकले सोराभाग, बिबियाबिर्ता र दर्बेसा गाविसका एक हजार घरपरिवार पीडित छन् । झिँगाले बालबालिका र वृद्धवृद्धामा झाडापखाला लागेको अवगत गराइन् । स्थानीयले झिँगा समस्या समाधान गर्न नसक्ने भए कुखुरा फार्म अन्यत्रै सार्न सरकारसँग आग्रह गरे ।

सोराभाग–८ मा ४० बिघा जमिनमा करोडौँ लगानीमा स्थापित विराट पोल्ट्री फार्मको लापारबाहीले आसपासका मानव बस्तीमा झिँगाआतंकले आजित स्थानीय गत असार १४ देखि आन्दोलित छन् । झिँगाआतंकविरुद्ध स्थानीय चरणबद्ध आन्दोलनमा उत्रेपछि असार १९ मा मोरङका सिडिओ तोयम राया, घरेलु, जिविस, प्रहरी र उद्योगी व्यापारीको प्रतिनिधिसहि अनुगमन गर्न पुगेका थिए । सिडिओ रायको टोलीले विराट पोल्ट्री फार्म र आसपासका बस्तीको स्थलगत अवलोकन गरेका थिए । अवलोकनमा पोल्ट्री फार्मले सुली, मरेका कुखुरा र फोहोर व्यवस्थापन गर्न नसक्दा झिँगाआतंक बढेको हो ।
mareko kukra chember
अवलोकनपछि स्थानियसँग अन्तरक्रिया गर्दै नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य शिवकुमार मण्डलले नागरिकको स्वास्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार मौलिक अधिकार भएकाले समस्या समाधान गर्न आफू तयार रहेको बताए । यसैगरी, एमाले मोरङ अध्यक्ष महेश रेग्मीले स्थानीयले झिँगा आतंकविरुद्ध गरेको आन्दोलनमा प्रतिबद्धता जनाए । काँग्रेस स्थानीय प्रतिनिधि बाबुराजा कोइरालाले झिँगा आन्दोलन व्यक्तिको नभएर साझा सामाजिक आन्दोलन भएकाले समाधानका लागि यथाशीघ्र पहल गरिने बताए । मोरङ सिडिओ तोयम रायले झिँगा र दुर्गन्ध समस्या समाधान गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
suli godown

इआइए प्रतिवेदन सार्वजनिक गर्न माग
वर्षौंदेखि बसोबास गर्दै आएको बस्तीनजिकै ठूलो क्षेत्रफलमा कुखुरा फार्म खोल्न सुटुक्क वातावरण प्रभाव मूल्यांकन गरिएकाले सञ्चालन नभएसम्म कुन उद्योग हो भनेर थाहा नभएको स्थानीयले बताए । उनीहरुले तत्काल वातावरण प्रभाव मूल्यांकनमा क–कसले के–के सम्झौता गरेर सही छाप गरेका छन् र लगानीकर्ता को–को हुन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उद्योगले स्थानीयसँग वातावरण प्रत्यक्ष प्रभाव मूल्यांकनका लागि छलफल नगरेको उनीहरूले आरोप लगाए ।

उद्योग प्रबन्धक भन्छन्– फार्मभित्र झिँगै छैन

पहिले पत्रकारलाई उद्योगभित्र जान नदिएको विराट पोल्ट्री फार्ममा गत आइतवार प्रशासन र पत्रकार टोली अनुगमनमा जाँदा धेरैतिर सफा गरिएको थियो । सुली भण्डारण गर्ने गोदाम खुला र दुर्गन्धित थियो । यसैगरी मरेका कुखुरा नष्ट गर्ने च्याम्बरमा पनि झिँगा बाक्लै थिए । कुखुरापालन गर्ने ब्लक आसपास सुलीको दुर्गन्ध थियो । तर, उद्योग प्रबन्धक डा. षडानन्द देवले उद्योगमा झिँगा नभएकाले गाउँमा आफ्नो उद्योगमा रहेकोे झिँगा गाउँसम्म जानै नसक्ने दाबी गरे । भने, ‘तपाईंहरुले उद्योगमा झिँगा देख्नुभयो त ? अनि कसरी गाउँलेले भनेजस्तो गाउँमा झिँगा आतंक भयो ?’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget