Websoft University

www.radiomakalu.com || 021-522512


सप्तकोसीमा तीव्रगतिमा बहाब बढ्दै


 Embedded

इटहरी, साउन ६ गते  । पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा पानीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् ।

आज बिहान ७ बजेको समयमा कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन भएको छ । कोसी नदीमा बाढीको बहाव हिजो साँझदेखि नै निरन्तर बढिरहेकाले अहिले बिहान ब्यारेजका २५ वटा ढोका खोलिएको छ ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी बाढीको बहावका विषयमा जानकारी दिनुहुँदै पहाडी क्षेत्रमा बर्षा रातभर जारी रहेकाले अझै सप्तकोसीमा बाढीको बहाव बढ्नसक्ने अनुमान गरिएको कोसी ब्यारेज क्षेत्रमा रहेको प्रहरीले जानकारी दिएको बताउनुभएको छ ।

यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी २ लाख ३५ हजार क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन भएको र त्यसदिन ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget