Websoft University

www.radiomakalu.com || 021-522512


डेढ महिनादेखि यातायात अवरुद्ध

road-1

पाल्पा, साउन १५ गते । पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन् ।

गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगत डेढ महिनादेखि ठप्प छन् ।

रामपुर बसपार्कबाट स्याङ्जाको साँखर, तनहुँको गजरकोट घिरिङ भिमाद हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन नचल्दा यस क्षेत्रका यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ ।

निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी २०७१ साल जेठबाट पुल निर्माण कार्य सुरु गरे पनि समयमा नै सो पुल नबन्दा सवारीसाधन वर्षा लागेपछि ठप्प हुने गर्दछन् ।

साढे ३७ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहेको मोटरेबल पुल १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम भएको छ । सडक डिभिजन कार्यालयको रु तीन करोडको लागतमा निर्माणाधीन यस मोटरेबल पुल गत मङ्सिरमै सम्पन्न गरिसक्नुपर्ने थियो ।

निर्माण कम्पनीका ठेकेदार तेजप्रसाद बरालले नाकाबन्दीले समयमा नै सामान उपलब्ध नहुँदा काम लम्बिएको बताउनुभयो । उहाँका अनुसार कालीगण्डकीको पानी खोलामा पसेकाले दसँै अगाडिसम्म काम रोकिने छ । आगामी पुुस माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बरालले बताए ।


पुलकै कारण बर्खायाम सुरु भएदेखि दसैं अगाडिसम्म यातायातका साधन अवरुद्ध हुँदा निकै कष्ठकर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद श्रेष्ठले बताए ।

सवारीसाधन नचल्दा पूर्वी पाल्पाका रामपुर नगरपालिका, बाकामलाङ, सहलकोट, नवलपरासीको रकुवा, रुचाङ, डेढगाउँ, स्याङ्जाको चापाकोट, साँखर, सेखाम र तनहुँको गजरकोट, घिरिङ सुन्धाराका स्थानीयलाई यात्रा गर्न समस्या परेको छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget