काठमाडौं, असार २४ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नेपाल आयल निगममा जागिर खाएको आरोपमा एक कम्प्युटर सहायक प्रवन्धकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम बबरमहल काठमाडौंका छैठौं तहका कर्मचारी जयराम गौतम नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले टाइपिष्ट ‘ख’ ( तेश्रो तह) मा स्थायी नियुक्ती लिँदा पेश गरेको र इन्टरमिडियट शिक्षा परिषद् पटनाको बाणिज्य विषयमा सन् १९९३ मा इन्टरमिडियट उत्तिर्ण भएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको दावी अख्तियारको छ ।
उनले प्रथम श्रेणिको टाइपिष्ट पदमा पद मिलान गरी पदस्थापन गरेर सहायक प्रवन्धक (कम्प्युटर) पदमा बढुवा भएका थिए । -अनलाइनखबर
Post a Comment