Websoft University

www.radiomakalu.com || 021-522512


माथेमाले दिए काठमाडौं विश्वविद्यालयको सिनेटबाट राजीनामा

डा. केदारभक्त माथेमाले काठमाडौं विश्वविद्यालयको सिनेटबाट राजीनामा दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गरेको हस्तक्षेपप्रति आपत्ति जनाउँदै काठमाडौं विश्वविद्यालयको सिनेटबाट राजीनामा दिएका हुन्।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका माथेमाले राजीनामाको बोधार्थ विश्वविद्यालयका उपकुलपतिमार्फत कुलपति तथा प्रधामन्त्री केपी शर्मा ओली र सहकुलपति शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि पठाएका छन्। उनले गत शुक्रवार नै सिनेट सदस्यबाट राजीनामा दिएका हुन्।

माथेमाले आफ्नो राजीनामामा अख्तियारले गरेको चिकित्सकको प्रवेश परीक्षामा गरिएको हस्तक्षेपले विश्वविद्यालयको स्वायत्ततामाथि नै गम्भिर प्रश्न उठाएको उल्लेख गरेका छन्।

सञ्चारमाध्यमहरुमा पछिल्लो समय आएका समाचारप्रति काठमाडौं विश्वविद्यालयले आफ्नो कुनै औपचारिक प्रतिक्रिया नदिएको र त्यसको प्रतिवाद पनि नगरेको घटनाले आफूलाई चिन्तित तुल्याएको माथेमाले वताएका छन्।

‘विश्वविद्यालय व्यवस्थापन यस्तो गम्भिर विषयमा मौन बसेको छ। यसबाट म निकै दुखी भएको छु त्यसैले सिनेट सदस्यका रुपमा बसिरहन मलाई मेरो नैतिकताले दिएन र सिनेट सदस्यबाट राजीनामा दिएको छ,’पत्रमा उल्लेख छ,

काठमाडौं विश्वविद्यालयले जेठ १५ गते बिहीबार लिन लागेको मेडिकल साइन्स पोस्ट ग्राजुएट (पिजी) परीक्षाको प्रश्नपत्र रद्ध गराउन अख्तियारको हवाला दिँदै प्रहरीसहित पचास जनाको टोली केयु पुगेको भन्ने समाचार केही दिन अघि सार्वजनिक भएको थियो।  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget