Websoft University

www.radiomakalu.com || 021-522512


सर्वनाम गुञ्जीयो समालको एकल ‘बासुरीका धुनहरु’ले



काठमाडौँ , असार  २५ गते  ।प्रतिभावान बाँसुरीवादक मिन समालले शुक्रबार राजधानीको सर्बनाम थिएटरमा आफ्नो एकल बाँसुरी बादन ‘बासुरीका धुनहरु’ प्रश्तुत गरेका छन् । जरा फाउण्डेसन नेपालको आयोजना र सर्बनाम थिएटरको सहकार्यमा समालले एकल बासुँरी बादन प्रश्तुत गरेका हुन् ।

जरा फाउण्डेसन नेपालले लामो समयदेखी नेपाली कला साहित्य र संस्कृतिको उत्थान तथा प्रतिकुल अवस्थामा रहेका प्रतिभाहरुको सहयोगमा काम गरिरहेको छ । नेपाली साहित्यकारहरुलाई अन्तराष्ट्रिय साहित्यीक जगतमा चिनाउन फाउण्डेसन लागि परेको फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाईले जनाएका छन् । साथै प्रसाईका अनुसार फाउण्डेसन पछिल्लो समय सामाजिक कार्यमा पनि जुटिरहेको छ ।

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बरिष्ठ साहित्यकार तथा जरा फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाई, कृष्ण प्रसाइँ, सर्वनाम नाटकघरका संस्थापक अशेष मल्ल, प्राज्ञ मातृका पोखरेल, लेखक विवश पोखरेल, सङ्गीतकार बुलु मुकारुङ्, कवि देवेन्द्र केसी तथा भारतीय अभिनेता मुक्ति उपाध्यायले माला, दोसल्ला र खादा लगाएर सम्मान गरेका थिए ।

करीब डेढ घण्टा चलेको समालको एकल बासुरी बादनमा खाषगरी पुराना साहित्यकारहको बाक्लो उपस्थिीती देखियो । कार्यक्र्रममा समालले राष्ट्रिय गानबाट सुरु गरेका बाँसुरीका धुनहरु शास्त्रीय संगीत हुँदै सुगम सङ्गीत, तथा लोक लोक र चलचित्रका गीत सम्म आईपुग्दा माहौल अत्यन्त भावुक देखिन्थ्यो । - रातोपाटीबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget