Websoft University

www.radiomakalu.com || 021-522512


काम नसकिँदै दशबरिया सिँचाइ बाँध भत्कियो, लाखौंको लगानी ‘पानी’मा

daswariya-bandh-2

कपिलबस्तु, असार २३ गते । कपिलबस्तुको भृकुटी नगरपालिका-९ नयाँबस्तीमा रहेको घोराही नाला सिँचाइ प्रणाली अन्र्तगत दशवरिया बाँध काम सम्पन्न नहुँदै भत्किएको छ । सिक्टा सिँचाइ आयोजनाको बाँध र नहर भत्किएको प्रशंग सेलाउन नपाउँदै दशबरिया बाँधको पनि हालत उस्तै भएको छ ।

गुणस्तरहीन निर्माण सामग्री र प्राविधिक गल्तीका कारण निर्माण नसकिँदै बाँध भत्केको स्थानीयले बताएका छन् । बाँधमा १५ मिटरको पर्खाल इन्जिनियरको स्टमेटअनुसार लगाएको भएपनि नयाँ माटो पटानमा पर्खाल लगाउदा भत्किएको स्थानीयले बताए ।

उपभोक्ताहरुको रायसल्लाह बिपरित काम गर्दा यस्तो भएको स्थानीय गोपाल सुनारले बताए । खेतीपाती लगाउने समयमा बाँध भत्किँदा ठुलो बिजोग उनीहरुको गुनासो छ ।

स्थानीय उपभोक्ताहरुले इन्जिनियरले रायसल्लाह बिनै काम सुरु गरेको सुनारले बताए । उपभोक्ता समितिका अध्यक्ष अब्दुल कलाम मुसलमानले बाँध निर्माणको लागि ३० लाख खर्च भइसकेको बताए ।

संसदीय विकास कोषबाट जिल्लाका क्षेत्र नम्बरका ३ का सांसद बृजेश कुमार गुप्ताले ३० लाख बजेट बाँध निर्माणका लागि उपलब्ध गराएका थिए ।

विकास निर्माणको क्षेत्रमा सांसदले लगानी गरेको बजेट उपभोक्ता समितिका अध्यक्ष कलाम र सिँचाइ डिभिजन कार्यालय कपिलबस्तुका इन्जिनियर सत्यदेव मण्डलको मिलेमतोमा आधा बजेट खोलामा हालेको र आधा झोलामा हालेको कतिपय स्थानीयले आरोप लगाए ।

स्वीकृत बजेटको आधा पनि खर्च नभएको स्थानीय बुद्धभगवान चौधरी (कुर्मी)ले बताए । उनले इन्जिनियर र अध्यक्ष कलामको मिलेमतोमा कम गुणस्तरको सामान प्रयोग गरि बनाइएको संरचना भत्किएको आरोप लगाए ।

यही कामका लागि पुराना २ लाख बराबरका ढुंगा समेत प्रयोग गरिएको स्थानीयले बताएका छन् । घोराही नालामा धेरै पानी आएको कारणले भत्केको दाबी गरेपनि हालसम्म सामान्य पानी बाहेक नालामा बाढी नआएको स्थानीयहरु बताउँछन् ।

मै बनाउँछुः अध्यक्ष कलाम
समितिभित्र भागबण्डा नमिलेका कारण समयमा काम हुन नसकेको स्थानीयको आरोप छ । उपभोक्ता समितीका अध्यक्ष कलाम भन्छन्,’३० लाख सकियो, अब ५ लाख आफ्नै लगाउँछु ।’ बाँध निर्माणको काम लगभग सम्पन्न हुँदै गर्दा अचानक आएको बाढिले नयाँ संरचना भत्काएको दावी उनले गरे ।

इन्जिनियरको स्टिमेटअनुसार नै काम भएको भएपनि पर्खाल वरिपरी माटो राख्न वनले स्वीकृत नदिएको अध्यक्ष कलामले बताए । स्थानीयले इन्जिनियरसँग आफ्नो समस्या राख्न खोज्दा इन्जिनियर भागेको समेत उनले बताएका छन् ।

उनले अहिलेपनि कामलार्इ जारी राखिएको दावी गरे । आफ्नो कार्यसमितिका पदाधिकारीको नामसमेत थाहा नभएका अध्यक्ष कलामले कुनै किसिमको अनियमितता र घोटाला नगरेको दावी गरेका छन् । रकम निकासा ढिलो भएको र स्थानीय सामुदायिक वनले समयमा माटो नदिएका कारण समयमा काम सम्पन्न हुन नसकेको अध्यक्ष कलामले बताए ।

सामुदायिक वनका अध्यक्ष यादवले भने, ‘माटो झिक्दा वनसँग समन्वय नै भएन ।’ दशवरिया बाँधसँग सटिएको वनको माटो झिकेर नयाँ संरचनालाइ बलियोे बनाउने कोशिस गर्दा वनसँग सल्लाह नै नगरी माटो झिकिएको वनदेवी सामुदायिक बनका अध्यक्ष मोतीलाल यादवले बताए ।


बाँध निर्माण सकिन लाग्दा सांसद गुप्ता र वन अधिकृत राकेश कर्ण लगायतसँग छलफल गरेपश्चात सामुदायिक वनबाट माटो निकाल्न सहमति जनाइएको उनको भनाइ छ ।

उपभोक्ताले चासै दिएनन्ः इन्जिनियर
सिँचाइ डिभिजन कार्यालय कपिलबस्तुका इन्जिनियर सत्यदेव मण्डलले बाँधको काम ५ चरणमा सम्पन्न भइसक्दा पनि स्थानीय उपभोक्ताहरुले स्थानीय श्रोत साधनमा चासो नदिदा बाँधमा ठुलो क्षति भएको बताए ।

उपभोक्ता समिति निरिह भएकै कारण यो स्थिती आएको उनले बताए । स्वीकृत बजेट ३० लाख भएपनि आधा काम अपुरै रहँदा २६ लाख भन्दा बढि भुक्तान गरिएको इन्जिनियर मण्डलले बताए ।

बांधको १२ मिटर हेडवाल, ५० मिटर लाइनिङ, १ गेेट जडान, कुलो सफाइ, प्रोटेक्सन वर्क, जाली निर्माणको काम सम्पन्न भइसकेकोले लगभग पुरै बजेट स्वीकृत गरिएको मण्डलले बताए । आयोेजनाबाट धनकौली गाविसको धनकौली, मलवा, गगनी, बिजगौरी र राजपुरको पक्रेहटा मोहम्मदनगर लगायतका १२ गाउको जमिनमा सिँचाइ गर्ने योजना छ ।

२०४३ सालमा करिब ५ लाखको लागतमा तत्कालीन प्रधानपंच केदारप्रसाद चौधरीको अगुवाइमा सुरु भएको दशवरिया बाँध हालसम्म पनि अलपत्र अवस्थामा छ ।

सिँचाइको सपना देखाउँदै बिगत ३० वर्षदेखि धनकौली र राजपुर गाविसमा आउने श्रोतको रकम लगानी हुँदै आएपनि अझैस्थानीयको खेतमा पानी जाने सम्भावना कम छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget