Websoft University

www.radiomakalu.com || 021-522512


चौध करोडको तरकारी निर्यात

 

पाँचथर, साउन ६ गते । पाँचथर जिल्लाका कृषकले गतआर्थिक वर्ष २०७२ - ०७३ मा रु १४ करोडको तरकारी उत्पादनगरी निर्यात गरेका छन् ।

जिल्लाको थर्पु, पञ्चमी, नाँगी, अमरपुर गाविस तथा फिदीम नगरपालिकाबाट आर्थिक वर्ष २०७२ - ७३ मा पाँच हजार २८५ मेट्रिकटनको तरकारी निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७१ - ०७२ मा रु ११ करोड ९६ लाखको तरकारी निर्यात भएको थियो । गोलभेडा, बन्दा तथा फूलकोपी (काउली) तथा काँक्रा त्यस क्षेत्रका कृषकले उत्पादन गरेको कार्यालयले जनाएको छ ।

यस वर्ष कृषकलाई मौसम हावापानीअनुकुल भएकाले पनि तरकारी उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख वेनु प्रसाईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीलाई लक्षित गरी अहिले कार्यालयले समेत अनुदान रकम सहयोग गरेकाले पनि तरकारी खेतीतर्फ कृषकहरु आकर्षित भएको देखिन्छ ।” कार्यालयले समूह बनाएर आएमा यूवा लक्षित कार्यक्रमअन्र्तगत रु ४० हजार अनुदान दिने गरेको उहाँले बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget