Websoft University

www.radiomakalu.com || 021-522512


२० रुपैयाँको नोटमा परिवर्तनः साम्भरको सट्टा बाह्रसिंगेको तस्वीर राखिने

rs 20_new
नयाँ नोट


काठमाडौं । २० रुपैयाँको नोटमा परिर्वतन भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले २० रुपैँयाको नेटको डिजाइन परिवर्तन गरि बजारमा ल्याउन लागेको हो ।

चलनचल्तीमा रहेका नोटहरुमा समय अनुसारका नयाँ विशेषताहरु संलग्न गर्नुपर्ने भएकाले यो परिमार्जन गर्न लागेको सरकारले बताएको छ ।

अब २० रुपैयाँको नोटको रातो पृष्ठभूमिमा रहेको साम्भरको तस्वीर हट्नेछ र, बाह्रसिङ्गेको तस्वीर राखिनेछ । २० रुपैयाँको नोटमा साम्भर जनावरको चित्र वि.स. २०६९ सालदेखि राख्न थालिएको थियो ।

अब भारतीय उपमहाद्धिपमा पाइने मृग प्रजातिको बाह्र्रसिङ्गे नेपालको शुक्लाफाँटमा पाइन्छ र यो लोपन्मुख भएकाले नोटमा राख्नु राष्ट्रिय गौरवको विषय मानिएको छ ।

अग्रभागमा ब्याकरणीय गल्ती सुधार्ने

चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा ब्याकरणीय त्रुर्टी फेला परेको छ । २० को नोटमा भेटिएको दुइवटा व्याकरणीय गल्तीलाई नयाँ नोटमा भने सच्याउने प्रस्ताव गरेको छ ।

‘रुपैयाँ बीस तुरुन्त पाइनेछ’ लाई सच्याएर अब ‘रुपैयाँ बिस तुरुन्त पाइने छ’ बनाउने छ । नेपाल प्रज्ञा प्रतिष्ठानले बीसको सट्टा बिस र ‘पाइनेछ’ को सट्टा पाइने छ लाई मान्यता दिएकाले यो सच्याउन लागिएको हो ।

यस्तै नोटमा फैलिएको बोडरभागमा पनि हल्का केही परिवर्तन गरिँदैछ । नोट छपाईको सम्झौता हुने समयमा बैंकका बहालवाला गभर्नरको दरखास्त राख्ने भएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget