Websoft University

www.radiomakalu.com || 021-522512


सरकार परिर्वतनको कुरा हल्ला मात्रः सञ्चारमन्त्री



भक्तपुर, असार २५ गते । सुचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकार परिर्वतनको कुरा हल्ला मात्र भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राईले भने ‘जनताको व्यापक सर्मथन प्राप्त वर्तमान सरकार देखि कोही डराएर यस्तो हल्ला गर्नमा उद्दत छन् । ’
आफूहरु राष्ट्रिय सहमतिको लागि सरकार सधै तयार रहेको भन्दै राईले सहमतिको नाममा संविधान कार्यावन्यनको कार्यदिशालाई अलमल गर्नु नहुने धारणा व्यक्त गरे ।

फरक प्रसंगलमा उनले मधेसी मोर्चालाई तिन पटक सरकारले वार्तामा बोलाउदा समेत उनीहरुबीचको आन्तरिक मतभेदको काराणले वार्ता हुन नसकेको बताए ।
‘हामीलाई आशमा छ, उहाँहरु छिट्टै नै आपसी असमझदारीको अन्त्य गरेर वार्तामा आउनु हुनेछ’, मन्त्री राईले भने ।
कार्यक्रममा सासद रामेश्वर ढुंगेल, पत्रकार महासंघका महासचिव उजिर मगर, प्रेस काउन्सीलका सदस्य गोविन्द चौलागाई, न्युनतम पारीश्रमीक निर्धारण समितीका अध्यक्ष पोषण के.सी लगायतले पत्रकारहरुको क्षमता र संञ्चार माध्यमको विकाशको लागि सरकारले पहल गर्नु पर्ने बताए ।
उक्त कार्यक्रममा अग्रज पत्रकारहरु नारायण सुन्दर किलम्बुु, दिलीप थापामगर र विकल श्रेष्ठलाई सम्मान गरिएको थियो ।,हेमराज ढकाल, रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget