Websoft University

www.radiomakalu.com || 021-522512


सुशासन समितिले लोकमानसहित अख्तियार पदाधिकारीलाई बोलायो

केयूको प्रवेश परीक्षामा हस्तक्षेप गरेको आशंका, छानविन गर्न सदस्यहरुको माग
काठमाडौं, साउन ७ गते । काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तेक्षप भएको भनिएको विषयमा संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सोधपुछ गर्ने भएको छ ।

समितिको शुक्रबार बसेको बैठकले आइतबारको बैठकमा उपस्थित हुन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलगायत सबै पदाधिकारीहरुलाई निर्देशन दिएको हो ।

छानविन गर्न सदस्यहरुको माग

समितिका सदस्य अमनलाल मोदीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आइतबारको बैठकमा अख्तियारका सबै पदाधिकारीलाई उपस्थिति हुन निर्देशन दिइएको छ र सोधपुछ पछि वास्तविकता पत्ता लगाउन समिति गठन हुनेछ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका अनसनरत डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको दाबी गर्दै आएका छन् । केसीले उठाएका विषयबस्तु र उनका मागबारे संसदमा छलफल हुनुपर्ने भन्दै सांसद गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । सोही विषयलाई लिएर सुशासन समितिको बैठक बसेको हो ।

समितिको बैठकमा सदस्यहरुले अख्तियार र काठमाडौं विश्वविद्यालयबीच प्रवेश परीक्षामा मिलेमतो भएको आशंका गर्दै छानबिन गर्न माग गरे ।

समितिका सदस्य एवम् नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले अख्तियारका पदाधिकारीलाई पनि बैठकमा बोलाएर सोधपुछ गर्न माग गरे । विश्वविद्यालयका पदाधिकारीसँग मात्र सोधपुछ गरेर वास्तविकता पत्ता नलाग्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका “ुव वाग्ले, तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद, सदभावना पार्टीका नरसिंह चौधरी लगायतले पनि वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गर्न माग गरेका छन् ।

बैठकमा विश्वविद्यालयका पदाधिकारीहरुलाई मात्रै बोलाइएको तर अख्तियारका पदाधिकारीलाई नबोलाइएको भन्दै सांसदहरुले रोष प्रकट गरे । बैठकमा काठमाडौं विश्वविद्यालयका डिन, रजिष्ट्रार कानुनी सल्लाहकार सहभागी थिए ।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार भोला थापाले प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बढेको स्वीकार गरेका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget