Websoft University

www.radiomakalu.com || 021-522512


उमाशंकर ट्रष्टद्वारा बागेश्वरीमा गौ धर्मशाला निर्माण



चितवन, असार ३१ गते । देवघाटको बागेश्वरीमा निर्माण गरिएको केदारनाथ गीतादेवी गौ धर्मशाला योगी नरहरीनाथ गौ संरक्षण केन्द्र बागेश्वरीलाई हस्तान्तरण गरिएको छ । उमाशंकर ट्रष्ट नेपालले निर्माण गरेको सो धर्मशालाको शुक्रबार उदघाटन गरी शुक्रबारै केन्द्रलाई हस्तान्तरण गरिएको हो ।


समाजसेवी तथा व्यावसायी उमाशंकर अग्रवालले धर्मशाला निर्माण गरी केन्द्रलाई हस्तान्तरण गरेका हुन् । बुवा केदारनाथ अग्रवाल र आमा गीतादेवी अग्रवालको नाममा ७ लाख रुपैयाँको लागतमा गौ धर्मशाला निर्माण गरेको उनले बताए ।

धर्मशाला उदघाटन गर्दै सांसद गीता वाग्लेले नेपाली संस्कृतिमा गाईको महिमा वर्णन गर्दै गाई संरक्षणमा जुट्न आह्वान गरिन् । सांसद वाग्लेले गाई संरक्षणका लागि ५ लाख रुपैयाँ र केन्द्रमा हवन कुण्ड निर्माणका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

योगी नरहरीनाथ गौ संरक्षण केन्द्र बागेश्वरीमा योसँगै ५ वटा गौ धर्मशाला बनेका छन् । नवनिर्मित केदारनाथ गीतादेवी गौ धर्मशालासहित, देवघाट क्षेत्र विकास समिति, शहरी विकास मन्त्रालय, चन्द्रमान गुरुङ, दानबहादुर श्रेष्ठ र जमुना श्रेष्ठद्वारा निर्मित गौ धर्मशालाहरु रहेका छन् ।

एक करोड रुपैयाँको अक्षयकोष पुर्‍याउने लक्ष्यसहित स्थापना गरिएको योगी नरहरीनाथ गौ संरक्षण केन्द्रमा हालसम्म ३० लाख रुपैयाँ जम्मा भइसकेको छ । यहाँ विभिन्न २ सय प्रजातिका स्थानीय जातका गाईहरु संरक्षण गरिएका छन् । गाईको रेखदेखका लागि केन्द्रमा ८ जना गौ संरक्षकहरु खटाइएका छन् ।

केन्द्रमा ११ हजार रुपैयाँ सहयोग गर्नेले आजीबन सदस्य बन्न पाउने योगी नरहरीनाथ गौ संरक्षण केन्द्र बागेश्वरीका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । यस्तै १ लाख ५ हजार रुपैयाँ सहयोग गर्नेले संरक्षण सदस्य बन्न पाउने छन् ।

केन्द्रमा मानिसको आवासका लागि पनि ६ कोठे धर्मशाला निर्माण भइरहेको छ । सो धर्मशाला निर्माणका लागि २ लाख रुपैयाँ सहयोग गर्नेको कोठामा नाम लेखिने र १० लाख रुपैयाँ सहयोग गर्नेको धर्मशालामा नै नाम लेखिने अध्यक्ष पौडेलले बताए । साथै सार्बजनिक शौचालय निर्माण र खानेपानीका लागि भने सहयोगको आवश्यकता अझै पनि रहेको उनको भनाई छ ।

गौ धर्मशाला उदघाटन कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषदका महासचिव चतुर्भुज सरिया, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पिया, वागेश्वरी आध्यात्मिक परिषदका अध्यक्ष शान्तप्रसाद पोखरेल लगायतले हिन्दु धर्म, संस्कृति र गाईको संरक्षणको लागि सबैको सहकार्य हुनुपर्ने बताए ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget