Websoft University

www.radiomakalu.com || 021-522512


सामना बैंकिङ पुरस्कार कोइरालालाई दिने निर्णय

 काठमाडौं,असार १८ गते  । सामना बैंकिङ पुरस्कार गुठीले चौंथो सामना बैंकिङ पुरस्कार प्रा.डा. परासर कोइरालालाई प्रदान गर्ने भएको छ ।
parasar-koirala५० हजार रुपैयाँ राशीको पुरस्कार ‘इसेन्सियल अफ कमर्सीयल बैंक म्यानेमेन्ट’ पुस्तकका लागि कोइरालालाई दिन लागिएको हो ।
पुरस्कारको लागि गुठीका आजीवन सदस्य प्रा.डा. विश्वम्भर प्याकुरेलको संयोजकत्वको  विज्ञ मूल्यांकन समितिले  सिफारिश गरेको थियो ।
गुठीका संस्थापक तथा अध्यक्ष डा. रेवतवहादुर कार्कीको सभापतित्व तथा  गुठीका आजीवन सदस्य डा.शंकर शर्माको  प्रमुख आतिथ्यमा सम्पन्न एघारौ साधारण सभाले यो निणर्रुय गरेको हो । गुठीले योभन्दाअघि  पाँचवटा पुस्तकलाई पुरस्कार दिइसकेको छ ।
त्यस्तै पत्रकारिताको माध्यमवाट वैकिंङ/वित्तीय क्षेत्रमा योगदान गरेवापत १५ हजार रुपैयाँ राशीको दोश्रो सामना वैकिंङ पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार हिमाल न्यौपानेलाई  दिने निर्णय गरिएको छ ।
उक्त पुरस्कारको लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन)का प्रतिनिधि सहितको समितिले सिफारिस गरेको थियो ।  गुठीले अव पुरस्कार ५० हजारवाट ७५ हजार, पत्रकिारिता पुरस्कार ५ हजारबाट २५ हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ ।

-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget