नीलम कार्कीको नजरमा समाज र साहित्य
महिलाको दुःख, भोगाइ र संघर्ष साहित्यमा आइरहने विषय हुन् । महिलाको विषयलाई धेरैजसो महिला लेखकहरूले नै उठाएको देखिन्छ । त्यसमा पुरुष लेखकहरू पनि पछि छैनन् ।
पुरुष लेखकले महिलाबारे हृदय छामेर लेखेको देख्दा नीलम कार्की निहारिकालाई अचम्म लाग्छ । त्यसरी खिपेर लेख्न कसरी सकेको होला भन्ने सोच्छिन् । तर, विषय तथा प्रस्तुतिमा सजीवताको दृष्टिले पुरुष र महिला लेखकका सीमा उनले पहिल्याएकी छिन् ।
महिलाको अनुभूति र भोगाइलाई अझ गहिरोसँग अक्षरमा उतार्न महिलाले मात्र सक्ने उनको बुझाइ छ । उनलाई लाग्छ, कतिपय अनुभूति र उस्तै परिस्थितिसँग साक्षात्कारका हिसाबले महिलाको कुरा महिलाले नै लेख्दा जीवन्त हुन्छ ।
आफ्नो जातिको कुरा लेख्दा बढी सजीव हुन्छ, भनिरहँदा महिलाले महिलाको बारेमा लेख्दा ‘चुलाचौकाभन्दा टाढाको विषय नभेटेको’ बात लाग्ने गर्छ । नीलमले पनि खेपिन् यस्तो आरोप । भन्छिन्- ‘महिलाको विषयमा लेख्दा यसले लेख्ने कुरा त महिलाकै त हो भनेर गाली गरिन्छ । त्यही कुरा पुरुषले लेख्यो भने महिलाका बारेमा बोलिदियो, महिलाको दुःख पुरुषले बुझ्न थाले भनेर वाहवाही हुन्छ ।’
त्यसो त महिलाको बारेमा लेख्छु भनेर निश्चित योजना बनाउने गरेकी छैनन् उनले । तर, नसोच्दा नसोच्दै पनि कविता, कथा र उपन्यासमा महिलाकै विषय बढी आएको छ ।
यस्तो किन त ? नीलम सुनाउँछिन् – ‘जुन कुरा समाजमा बढी समस्याको रूपमा छ, लेेखकले त्यही विषय टिप्ने हो । जेले बढी छुन्छ, त्यही लेख्ने हो । यसैले महिलाकै कुरा बढी लेखिनुपर्ने भेटियो ।’
तेस्रो उपन्यास ‘चीरहरण’ मा पनि उनले महिला पात्रलाई नै केन्द्रमा राखेकी छन् ।
पाल्पाको त्यो शैशवकाल
चीरहरण लेखिनुमा उनलाई आफ्नी आमाको प्रभाव धेरै परेको छ । उनीहरूको खेतीपाती र बसोबासको मूल थलो पाल्पाको गोठादीमा थियो । तर, आमाले पाल्पाकै झडेवा भन्ने ठाउँमा प्राथमिक तहमा पढाउने भएकाले उनी र दुई दाइ-दिदी आमासँगै बसेर पढ्थे । स्कुलमा पढाएर फर्किएपछि आमाले छोराछोरी र गाउँका अरु भुरालाई पढाउँथिन् ।
डेरा लिएर बसे पनि झडेवाको ग्रामीण परिवेशमा गाउँभरि छिमेकी र आफन्त थिए । गाउँमा स्वस्थानी कथा वाचन हुँदा नीलम खूब चाखले सुन्थिन् । मकै पाक्ने सिजनमा छिमेकी घरमा गाउँभरिका मान्छे भेला भएर मकै खोस्ट्याउँथे, झुत्ता पार्थे । उनी रातिसम्म त्यहीँ बसिरहन्थिन् । त्यहाँ गाउँलेहरूले सुनाउने विभिन्न लोककथाले उनलाई अल्मल्याउँथ्यो ।
अलिपछि आमाले छोराछोरी भुल्याउन रामायण र महाभारतको कथा सुनाउन थालिन् । नयाँ कथा कहाँबाट खोज्नु, कसरी बुन्नु ? तिनै महाभारतका प्रसंग दोहोर्याइराख्थिन् ।
कथाहरू सुन्ने क्रमसँगै नीलममा साहित्यप्रति रुचि बढ्दै थियो । नीलम भन्छिन् ‘आमाले महाभारतको कथा पटक-पटक सुनाइराख्दा धेरै कुरा कण्ठै भइसक्थ्यो । द्रौपदीको चीरहरण, कुन्तीले पुत्र त्याग गर्नुपर्दाको विवशताबारे सुन्दा ती कुरा मनमा गढेर बसिरहे ।’
उनलाई साहित्यमा लाग्न गाउँघर र आमाको कथा दुनियाँका साथै विद्यालयको वातावरणले पनि प्रभाव पारेको थियो । ०४२ सालताक उनी किसान माविमा कक्षा ६ मा पढि्थन् । त्यहाँबाट ‘किसान’ मुखपत्र निस्किन्थ्यो । पत्रिकामा कविता र लेख छपाउने अवसर मिल्थ्यो ।
साहित्यमा अभिरुचि बढ्नुमा खासगरी स्कुलका हेडसर वासुदेव अर्याल र शिक्षक गुणाकर अर्यालको योगदान सम्भिmन्छिन् । सुनाइन् – ‘किताबसमेत भरियालाई बोकाएर कहाँ-कहाँबाट ल्याउनुपर्ने त्योबेला स्कुलबाट पत्रिका निस्किन्थ्यो । कविता प्रतियोगिता हुन्थ्यो । शैक्षिक भ्रमणसमेत गर्न पाइन्थ्यो । त्यसले निकै ऊर्जा दियो ।’
तिनै ऊर्जाले झन्डै ६ सय पृष्ठको चीरहरण उपन्यास लेख्ने आँट गरिन् उनले ।
चीरहरणको साधना
पहिलो ड्राफ्ट हेरेपछि सुझाव दिनेहरूले उपन्यास धेरै मोटो हुने बताए । तर, पढिसकेपछि एक शब्द पनि निकाल्नुपर्दैन भन्ने प्रतिक्रिया आयो । भाषागत सम्पादन मात्र भयो । कविता लेखेजसरी हरेक पंक्ति तौलेर लेखेकाले एउटा वाक्य पनि हटाउन नमिल्ने शर्त प्रकाशक सामु राखिन् । यसलाई लेखकीय अहम् मान्दिनन् उनी ।
चारचोटि पुनर्लेखन गरेर भाषाको बियाँ फ्याँकिन् ।
उपन्यासमा उनले महाभारतकी विवश पात्र द्रौपदीलाई केन्द्रमा राखेकी छन् । ‘देवताको समय’को कथालाई आधुनिक समयमा पुनर्कथन र पुनव्र्याख्या गर्दै आजका नारीको दुर्दशा केलाएकी छन् ।
यो उपन्यास लेख्न बस्दा उनले महाभारतको कथामै आधारित भएर दुईवटा दृष्टिकोणले लेख्ने सोच बनाएकी थिइन् । पहिलो, धृतराष्ट्रको सन्दर्भमा सिंगो राज्यसत्ताको हिसाबले देशको परिस्थितिसँग जोडेर । दोस्रो, महिलासँग जोडेर महिला अस्तित्वसम्बन्धी ।
पछि मूल विषयवस्तु नारी नै बनाएर त्यसको सेरोफेरोमा राजनीतिक दाउपेच, सामाजिक परिस्थिति उधिन्न थालिन् । नारीले भोगेका सामाजिक हिंसा र विवशताका साथै धृतराष्ट्रको सिंहासन मोहदेखि शकुनीको षड्यन्त्रसम्मको नापजोख गरिन् ।
उपन्यास लेख्नुअघि रिसर्चमा उनले केही वर्ष नै लगाइन् । महाभारतमा आधारित भएर पहिले लेखिएका किताबहरू पढिन्, ताकि तिनको कथा र प्रस्तुतिसँग मेल नखाओस् ।
रिसर्चका क्रममा उनले पहिले र अहिलेको सामाजिक परिस्थिति केलाइन् । पहिले खुला सभामा द्रौपदीको चीरहरण हुन्थ्यो, आज पनि महिला हिंसा, अपहरण र बलात्कारको सामाजिक चित्र उस्तै छ ।
नीलमलाई लाग्छ, अझ अहिले त देशकै चीरहरण भइरहेको हुन्छ । शासकको कुर्सीमा दिशाहीन र सोचहीन धृतराष्ट्रहरू नै विराजमान छन् ।
महिलालाई अमेरिका पनि उस्तै
नौ वर्षदेखि सपरिवार अमेरिकामा बस्छिन् नीलम । नर्सिङ पेसामा छिन् । अमेरिका बसाइका क्रममा त्यहाँको समाज र नारीहरूको भोगाइ नजिकबाट हेरेकी छिन् ।
‘अमेरिका भनेर हामीले जुन प्रकारको स्वतन्त्रता सोचेका हुन्छौं, त्यस्तो छैन । त्यहाँ पनि महिला उत्पीडित छन्,’ सबैको सपनाको देशलाई चिरफार गर्नमा उत्रिन् उनी – ‘सामाजिक परिवेशअनुसार शोषणका तरिका फरक हुन्छन् । त्यहाँ यौन दुव्र्यवहार बढी छ । वास्तवमा महिलाहरू कहीँ पनि पूर्णतया सुरक्षित छैनन् । उनीहरूका लागि संसार नै असुरक्षित छ ।’
लेखक भन्दैमा महिलाहरूले घरमा निस्पिmक्री लेख्ने समय र वातावरण पाउने अवस्था पनि छैन । जस्तो कि चीरहरण लेख्दा उनले अमेरिकामा दिनभर घर-व्यवहार सम्हालेर मध्यरातपछिको समयमा लेख्नुपथ्र्यो । दुई छोरालाई सुताएपछि आफू तीन घन्टा जति सुत्थिन्, त्यसपछि राति १२ बजेदेखि निद्रासँग एकान्त समय मागेर लेख्न बस्थिन् । बिहान ५ देखि ६ बजेसम्म एक झप्को निद्रामा आँखाको विष मारेर उठ्नुपर्ने बाध्यता थियो । साढे ६ बजे त छोराहरूलाई स्कुल पठाउनुपर्थ्यो ।
भन्छिन् – ‘पुरुष लेखकहरू लेख्ने वातावरणको खोजीमा रिसोर्ट र एकान्त ठाउँमा गएँ भन्छन् । तर, एउटी महिलाले जिम्मेवारीबाट उम्किन पाउने भनेको त मध्यरातमै हो । शान्त वातावरण अरु बेला पाउन त सम्भव हुन्न !’
खासमा सम्साँझै सुतेर मध्यरातमा लेखपढको काम गर्ने उनको बानी नेपालगञ्जमा नर्सिङ पढ्दादेखिकै हो । त्यतिबेला आफ्नो खुसीले गर्थिन् भने अहिले बाध्यता भएको छ ।
महिलाको जीवनमा पुरुषले साथ-सहयोग दिए पनि पितृसत्ताको सोच र संस्कारले पूरै समाजलाई जकड्याएको पाएकी छन् नीलमले । उदाहरण उनको आफ्नै घर-संसार र दिनचर्यामा छ ।
एक दिन उनले आफ्नो १४ वर्षको ठूलो छोरासँग भनिन् – ‘तिमीजत्रो छोरी भए त अहिले मलाई कत्ति हेल्प हुन्थ्यो । खाना बनाउने वर्ने सबै गर्थी उसले ।’
छोराले भनिहाले – ‘त्यसो भए मलाई पकाउन सिकाउनुस् न त । म पकाइहाल्छु नि ।’
त्यसपछि पो उनी झसङ्ग भइन् ।
महिला अस्तित्व र अधिकारको कुरा गर्ने लेखकको अचेतन मनमा ‘छोरी भए घर-व्यवहारको काम गर्थी’ भन्ने सोच गढेर बसेको रै’छ । छोरालाई भने त्यतिञ्जेल पकाउने काम सिकाउनसमेत नथालेको अवस्था थियो । भनिन् – ‘त्यो सबै हाम्रो सामाजिक संस्कारले सदियौंदेखि दिमागमा थोपरेको मान्यताले गर्दा हो । त्यसपछि मैले छोरालाई पकाउन सिकाएँ ।’
समाज र साहित्य
उपन्यासको रिसर्च गर्ने क्रममा महिला अधिकार र उनीहरूमाथि हुने विभेद पहिले र अहिलेको तुलनात्मक अवस्था कस्तो छ भनेर बुझ्ने प्रयास गरिन् । कतिपयले पहिले बरु महिलाले अधिकार पाएको बताए । तर, उनको निष्कर्ष रह्यो – महिलाले कहिल्यै अधिकार पाएनन् ।
पुरातन समयमा आर्य कन्याको वर चुन्ने अधिकार थियो भनेर मान्ने हो भने द्रुपदले छोरी द्रौपदीका लागि राम्रो ज्वाइँ पाउन द्रोणलाई हराउनेलाई छोरी दिने भनेर परीक्षामा राखे । भीष्मले अम्बा र अम्बालिकालाई स्वयंवरबाट उठाएर लगे । नीलम प्रश्न गर्छिन् – ‘खोइ कहाँनिर थियो त अधिकार ?
आज पनि अवस्था त उस्तै छ । सहरका दुई-चार वटा लभ म्यारिज र अन्तरजातीय बिहेलाई उदाहरणको रूपमा हेरेर हुँदैन ।’
उनलाई लाग्छ, बिहे संस्कारबाट नै महिलामाथि दमन र विभेद सुरु भएको हुन्छ । हिन्दू संस्कारमा बिहे समारोहमा ज्वाइँ सानसँग बसिरहेको हुन्छ । त्यसको छेउमै दुलही घुम्टो ओढेर झुकिरहेकी हुन्छे । महिलाले अझै पनि त्यही घुम्टोलाई सहर्ष स्वीकार गरेका बसेका छन् । घुम्टो नलगाई बिहे गर्छु भन्न सकेका छैनन् ।
एकातिर ज्वाइँलाई गोडधुवाइका क्रममा जल खाएर बिदा गरिन्छ, अर्कातिर बुहारीलाई लगेपछि खुट्टा ढोगाइन्छ । बुहारीले आफन्त चिन्दै ढोग्नुपर्ने तालिम पाउँछे । घरमा सबैले खाएपछि खाने काइदा कानुन सिक्छे । यस्तो संस्कारले सधैं पुरुष नै पुज्य भएको सामाजिक तस्वीर देखिन्छ ।
यति सबै देख्दा पनि साहित्यबाट नै समाज परिवर्तन हुन्छ भन्ने उनलाई लाग्छ । राजनीति र भाषणले समाजको गलत संस्कार हटाउला भन्नेमा उनलाई रत्तिभर विश्वास छैन । भन्छिन् – ‘पेन्सिलले लेखेको कुरा इरेजरले मेटेको जस्तो एकैचोटि त समाज बदलिन सक्दैन । पढेलेखेका मान्छे भएको घरमा त बुहारी र श्रीमतीमाथि भइरहेको स-साना देखिने गलत अभ्यास बदलिन सक्दैन भने पूरै समाज बदलिन समय त लाग्छ नै । तर, परिवर्तन गर्ने भनेको साहित्यले नै हो ।’
उपन्यासबाट कवितातिर फर्किने सोच
नीलमले १७ वर्षे उमेरमै पहिलो उपन्यास ‘मौन जीवन’ लेखेकी हुन् । नर्स भएर काम गर्दा जुम्ला र मुगुका महिलाहरूको पीडा बुझ्न पाएकी उनले २० वर्षको उमेरमा पुस्तक निकालिन् । यसपछि उनले डायस्पोराको विषयमा ‘अर्की आइमाई’ उपन्यास ल्याएकी थिइन् ।
‘चीरहरण’ लेख्ने सोच भने दस वर्षअघिकै हो उनको । तर, गहन विषय भएअनुसार धेरै रिसर्च गर्नुपर्ने र बीचमा अन्य पुस्तकको काम गर्दा समय लगाइन् ।
मदन पुरस्कारको ‘उत्कृष्ट सात’ को सूचीमा परेपछि ‘चीरहरण’ र अन्य कृतिहरूको चर्चा र चासो साहित्यिक वृत्त र बजारमा बढेको छ । पहिले वास्तै नगरिएका र नामै नसुनिएका कृतिहरू छाप्न प्रकाशकहरू उछिन पाछिन गरेको पनि देखिएको छ । श्रेष्ठ सूचीको चर्चाबाट उत्साहित छिन् उनी । भन्छिन् – ‘त्यसले स्वाभाविक रुपमा फरक पर्दो रैछ भन्ने आफैंले अनुभूति गरेँ । त्यो सूचीमा परेको देखेपछि मैले पनि त्यसअघि नाम नसुनिएका केही किताब किनेँ ।’
कविताबाट लेखन यात्रा थालेकी हुन् नीलमले । पछिल्लो समय उनी कविभन्दा पनि आख्यानकारको चिनारीमा फैलिएकी छिन् । कविता लेखन छायाँमा परेको महसुस गरेकी छन् ।
गहन उपन्यासको भारी बिसाएपछि अब कवितामा काम गर्ने सोच बनाएकी छिन् उनले ।
उपन्यास लेखनको पछिल्लो दुई वर्षमा कुनै पनि नेपाली किताब पढिनन् उनले । अहिले दुई वर्ष अवधिमा निस्किएका र केही पुराना किताब पढ्दै छिन् ।
नयाँ उपन्यासबाट पाठक प्रतिक्रिया आइरहे पनि समालोचनात्मक हिसाबले केलाइएका तीखा टिप्पणी पाएकी छैनन् उनले । उनी भन्छिन् -‘कविता, कथाको प्रतिक्रिया तत्काल आइहाले पनि उपन्यासको भने दसौं वर्षसम्म पनि प्रतिक्रिया आइरहँदो रै’छ । मदनमणि दीक्षितको माधवी उपन्यासमाथि भर्खर त चर्चा हुन थाल्दैछ, मेरो किताबमाथि पनि गहन टिप्पणी आउँदै गर्ला ।’-जोतारे धाइबा,अनलाइनखबरबाट

Post a Comment