Websoft University

www.radiomakalu.com || 021-522512


अविश्वासको प्रस्ताव पास भए प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छः भट्टराई

yogesh bhattarai (1)

काठमाडौं, साउन ५ गते । नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजीनामा दिने दाबी गरेका छन् । उनले संसदीय व्यवस्थामा बहुमत पुर्‍याउनेले सरकार बनाउने कुरा नौलो नभएको टिप्पणी गरे ।

बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा एमाले सचिव भट्टराईले भने, ‘अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ, यसमा कुनै दुईमत छैन ।’

भट्टराईले नियमित संसद चलिरहेकाले पहिला विधेयकमाथिको छलफल अगाडि बढाउनुपर्ने दाबी गरे । उनले थपे, ‘नियमित संसद चलिरहेका बेला नियमित एजेण्डालाई नै अगाडि बढाउनुपर्छ, यो विषय नटुँग्याएसम्म अर्को विषयमा जानै सकिँदैन ।’

उनले विधेयक पारित गर्ने गाडी ‘क्यू’मा भएकाले अर्को गाडी अघि बढाए समस्या उत्पन्न हुने भन्दै व्यंग्य गरे । उनले थपे, ‘विधेयक टुंगो लागिसकेपछि हामी अविश्वासको प्रस्तावमाथि छलफल गर्न तयार छौं, एमाले लोकतान्त्रिक प्रकृयाबाट आएको नतिजा मान्न तयार छ, अविश्वासको प्रस्ताव पारित भए अर्को सरकार बन्छ, एमाले प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्छ ।’

सभामुख पद संवैधानिक भएको उल्लेख गर्दै एमाले सचिव भट्टराईले भने, ‘सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ, राजनीतिक दलहरुबीच उत्पन्न द्वन्द्वलाई सहज बनाउने भूमिका खेल्नुपर्छ, संसदलाई दलहरुबीचको द्वन्द्वको खेलमैदान बनाउने काम गर्नुहुँदैन, त्यस्तो भूमिका नहोस् ।’

यद्यपि सभामुखले मंगलबारबाट सकारात्मक भूमिका निर्वाह गरेको विश्वास उनले व्यक्त गरे ।

भट्टराईले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुरा बेमौसमी भएको टिप्पणी गरे । उनले थपे, ‘सरकार परिवर्तनको जुन खेल भइरहेको छ, यो बेमौसमी खेल हो, यसको औचित्य नै थिएन ।’

मुलुकमा यतिवेला संविधान कार्यान्वयन लगायत महत्वपूर्ण एजेण्डामा सहमतीय राजनीतिको आवश्यकता रहेको उल्लेख गर्दै प्रमुख दलहरुवीच कुनै न कुनै रुपमा सहमति कायमै राख्नुपर्ने तर्क गरे ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget