Websoft University

www.radiomakalu.com || 021-522512


बाँध निर्माण कार्य तत्काललाई रोक्ने सहमति








राजविराज (सप्तरी),  नेपाल–भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भारतले एकतर्फी रुपमा बनाउन लागेको बाँध निर्माण तत्कालका लागि रोक्ने सहमति भएको छ ।

नेपालका तर्फबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम र भारतका तर्फबाट सुपौल जिल्लाका डिएम वैद्यनाथ यादवबीच आज भारतको कुनौलीमा संयुक्तरुपमा बसेको बैठकले तत्काल बाँध बनाउने कार्य रोकिने सहमति भएको सप्तरी प्रहरीले जनाएको छ ।

सो बैठकमा नेपालका जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयका इन्जिनियर र भारतका जल संशाधन विभागका इन्जिनियरस्तरीय प्राविधिक संयुक्त टोली आएर समाधानको उपायसहितको प्रतिवेदन नदिएसम्म कुनै काम अगाडि नबढाउने मौखिक सहमति भएको बैठकबाट थाहा भएको छ ।

सो बैठकमा सुपौलका डिएम यादवले भन्नुभयो, “अहिले मनसुनको समयमा बाँध निर्माण कार्य प्रभावित हुने भएकाले प्राविधिक अध्ययन प्रतिवेदन नआएसम्म तटबन्ध निर्माण कार्य बन्द रहने सहमति भएको बताउनुभयो ।” साथै, नेपाल–भारतबीच बेटी–रोटीको सम्बन्ध भएको हुनाले बिहीबार नेपालीमाथि भएको झडप र कुटपिट गर्ने दोषीलाई कारबाही हुने पनि उहाँले वचन दिनुभयो ।

यसअघि बाँध निर्माण गर्ने विषयमा विवाद भएको सप्तरीको तिलाठीमा सप्तरीका प्रजिअ गौतमको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारततर्फबाट डिएम यादवसहित सीमा सुरक्षा बल एसएसबी लगायतका टोलीले विवादित बाँधस्थलको निरीक्षण गरेका थिए ।

करिब एक दशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्माण गरिएको जीर्ण बाँधलाई बाढीले भत्काएपछि सो बाँधलाई पुनः भारतीय पक्षले एकतर्फीरुपमा बाँध निर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच बिहीबार झडप भएको थियो । सो झडपमा परी भारतीय र स्थानीय नेपाली युवा गरी एक दर्जन व्यक्ति घाइते भएका थिए । - सुरेश झा , अरुण कुमार यादव
रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget