दोस्रो जनआन्दोलनताका नेपालमा गणतन्त्र स्थापनालाई गोरुगाडामा अमेरिका पुग्ने सपना भन्ठान्दै खिल्ली उडाउने एउटा अनुदार राजनीतिक पात्र यतिबेला त्यही गणतन्त्र नेपालको ३८औं प्रधानमन्त्री छन् । इतिहासको यो कुरुप सपना हजम गर्न त्यति सजिलो नहोला जति सजिलो तिनै प्रधानमन्त्रीको आलिसान सपनालाई बेजोड सम्भावनाको प्रस्थानबिन्दु ठान्दिनुमा छ । कार्यकालका यी ९ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा आफ्नो फोटो झुण्ड्याउनबाहेक अन्य ठुलो केही उपलब्धि हासिल गरेका छन् भने त्यो उनले दिएका वा दिने गरेका धाराप्रवाह सपनाको अतुलनीय चर्चापरिचर्चा हो । जसको बलमा उनी आफूलाई राष्ट्रवादी र भिजनरी प्रधानमन्त्री सावित गर्न खोज्दैछन र त्यस कार्यमा केही हदसम्म सफल पनि देखिएका छन् ।
समीर कुलुङ राई
कुनै बेला अरुका सपनालाई एउटा सिल्ली मजाक भन्ठान्ने ओली आज आफै त्यस अभिव्यक्तिको एउटा हिस्सा बनिरहेको बेला ‘सपना देखे मात्र साकार हुन्छन्’ भन्नेखालका उपदेशमूलक तर्कहरु मार्फत एमालेजन र अनुयायीहरु ओलीलाई डिफेन्ड गर्दैछन् । काम कम र गफ बढी गर्न रुचाउने प्रधानमन्त्रीले यो बखतसम्म अनगन्ती महत्वाकाङ्क्षी सपनाका फेहरिस्त सुनाइसकेका छन् । जुन अझै थपिने क्रममा छ । धरातलको यथार्थ, राष्ट्रको प्राथमिकता र आम जनताका आवश्यकताभन्दा धेरै टाढा रहेका यी फेयरी टेलजस्तै लाग्ने लम्बेतान लिस्टहरुले आज ओली आफैलाई गिज्याइरहँदा गज्जब त्यसबेला लाग्छ जब ओली र एमालेजनले आफ्नो सत्ता टिकाउन प्रवद्र्धन गरिरहेको राष्ट्रवादी लहडमा लहसिएर केहिले त्यसैलाई विकासको ज्वलन्त नमुनाका रुपमा प्रचार गर्न थाल्छन्, प्रधानमन्त्रीलाई भिजनरी र ड्रिमर नै पनि भन्न भ्याउँछन ! एक जनाले त युट्युबमा #IamWithKPOli भन्ने भिडियो नै अपलोड गर्दिए ।
ओलीको सबैभन्दा विरोधाभाषपूर्ण पाटो भनेको बोली एउटा र व्यवहार अर्को नै हो । कुनैबेला माओवादीलाई देख्नसुन्न नचाहने ओली अहिले आफै प्रचण्डको बुई चढेर प्रधानमन्त्री बनेका छन् । कुनैबेला सामन्तीको टाउकै गिड्न भनी हिँडेका उनी दसवर्षे रक्तिम युद्ध लडेर आएको पार्टीको निगाहमा सिंहदरबार छिरेर अहिले यसरी गौतम बुद्ध पल्टिएका छन् कि अब सदियौं लामो विभेद, दलन र उपेक्षाले लत्पतिएको उक्त दरबारलाई घेर्ने सेता पर्खालको कुनै एउटा भागमा रातो रङ छ्यापिँदा मात्रै पनि उनको सातो उड्न थालेको छ । उनी बोल्छन् र बोलिरहन्छन् । त्यसरी बोल्नुको कुनै अर्थ वा महत्व नै हुँदैँन । यदि कसैले उनकाविरुद्ध सत्य बोल्ने हिम्मत गर्छ भने त्यो मान्छे सीधै ‘राष्ट्रघाती विदेशी दलाल’ ठहरिन्छ । अझ ‘विदेशी’ रहेछन भने त सीधै Deporting मा पर्ने भए । यसरी जनतालाई मनोरञ्जन र टेलिभिजनरमिडियालाई TRP र Readers Countबढाउने गतिलो स्रोत बनिरहेका ओली देशको प्रधानमन्त्रीका रुपमा बदलिँदो राष्ट्रिय स्वार्थ र जनजीविकाका सवालहरुलाई सम्बोधन गर्न भने पूर्णत असफल देखिएका छन् ।
११ वर्षअघि मुलुकमा गणतन्त्र स्थापना हेतु लाठी गोलीको प्रवाह नगरी सडकमा स्वतस्फूर्त निस्कने नेपालीहरुलाई ‘बयलगाडामा अमेरिका पुग्ने सकिँदैन’ भन्दै गिज्याउने ओली आज त्यहीँ जनलाई गणतन्त्रको परिभाषा र महत्व सिकाउने हैसियतका भइसकेका छन् । राजनीतिमा स्पष्ट अडान राख्न सक्ने नेता भनी चिनिएका उनले यतिका समयमा आफूले टेकेको धरातल नै पनि फेरिसके । जनताको बहुदलीय जनवादबाट पूर्णत महेन्द्रद्रीय राष्ट्रवादमा सिफ्ट भइसके ।
आफ्ना प्रत्येक भाषणहरुमा मधेसवादी र जनजाति र पहिचानवादीहरु र आफ्नो आस्थासँग बेमेल हुने जोकोहीको उछितो काट्ने ओली बेलामौका सबै नागरिक राज्यको नजरमा समान रहेको अर्ती सुझाउन नबिर्सने पनि होइनन् । पहिचान र समावेशिताका मुद्दाहरुमा सुदूरपश्चिम र कर्णालीका पीर व्यथालाई ठूलै इस्यु बनाउने उनले फेरि पनि आफ्ना अतुलनीय सपनाका फेहरिस्तमा भने त्यहाँको विकटता र पछौटेपनलाई पूरै बिर्सेका छन् । मनाङ र मुस्ताङका स्याउ सडक सञ्जालको अभावमा त्यहीँ कुहिरहँदा उनी काठमाडौंलाई मेट्रो ट्रेनमा चढाइदिने सपना देखाइरहेका हुन्छन् । कर्णालीका बाटाहरुमा एउटा बस राम्ररी गुड्न नसकिरहँदा काठमाडौं र पोखरामा मुख चुच्चे रेल गुड्ने परिकल्पना सुनाइरहेका हुन्छन् ।
गत वर्षको विनाशकारी भूकम्पलाई देखाएर फास्ट ट्रयाकमा बनाइएको संविधानले फास्ट ट्रयाकमै प्रधानमन्त्री बनाइदिएका ओलीले शपथ लिँदै गर्दा ती भूकम्पपीडितहरुमा यसअघि काङ्ग्रेस सरकारले देखाएको अकर्मण्यता अन्त्य होला भन्ने ठूलो आशा थियो । जसलाई आजसम्म आइपुग्दा ओलीले नराम्ररी लोप्पा खुवाइदिएका छन् ।
भुकम्पमा परी घरबारविहीन हुन पुगेका पीडितहरु विगत १४ महिनादेखि त्रिपालमुनिको बास छ । ओलीले सत्ता सम्हालेको ९ महिना भयो । उनले शपथग्रहण गरेकै दिनदेखि सबैले उनलाई सम्झाएकै थिए । वर्षात महिना अगावै पीडितहरुको पुनस्र्थापना गर्नुस् । वर्षात सुरु भयो । केपी ओलीले सपनाका चाङ फेरिरहे तर ती पीडितहरुको छानो फेरिएन । १ वर्षमा पुरै नेपाललाई तुइनमुक्त बनाइदिन्छु, लोडसेडिङ पुरै हटाइदिन्छु भनी ३ करोड जनतासामु सम्बोधन गर्न सक्ने ओलीले यो बर्खा सकिनु अगावै ती केही लाख मानिसहरुलाई ओत लाग्ने छानो बनाइदिन्छु किन भन्न सकेनन् ? सुनकोशी पहिरोका विस्थापितहरु पालमा बसेको २ वर्ष भयो । हिन्दरप्रशान्त महासागरमा नेपाली पानीजहाजको सम्भाव्यता अध्ययन गर्न इच्छुक ओली ती विस्थापितहरु अहिले कहाँ, कस्तो स्थितिमा छन् भनी जान्न किन अनिच्छुक देखिए ?
सरकार पूरै बेखबर छ उनीहरुबारे । राज्यको अभिभावक भएको नाताले ती जनको सुरक्षा सरकारको अहम् दायित्व हुनुपर्ने । तर ओली कति चतुर छन् भने आफ्ना सम्पूर्ण असफलतालाई निर्लज्ज ढाक्न विकासवादीको खोल ओढेर सबैलाई गुलिया आश्वासनमा दिनहुुँ भुलाएको भुलाएकै छन् । साथमा दक्षिणतिर एउटा महत्वपूर्ण डम्पिङ साइड बनाएका छन् । जहाँ उनी आफूले गर्न नसक्ने वा नसकेको सारा असफलतालाई सहजै पोख्न, खनाउन सकियोस् । उसै त बहादुर नेपाली, ‘राष्ट्रवाद’ दुबो जसरी मौलाएको यो समयमा उनलाई पत्याउने किन थोर हुन्थे र !
विकास देशको आवश्यकत्ता हो र ओलीले बाँढेका कुनै पनि आश्वासन असम्भव पनि छैनन होला । तर ठुल्ठुला भौतिक संरचना ठड्याउनु मात्र विकास हैन होला नि ? वा हामीले विकासको सटिक अर्थ र महत्व नै पो बिर्सियौं कि ? साधन, स्रोत र आवश्यकता सापेक्ष विकास हो हाम्ले चाहेको । यतिबेला देशको आर्थिक वृद्धिदर घटेर साढे दुई दशक यताकै कम अर्थात ०.७७ प्रतिशतमा खुम्चिएको छ । बजेट कनिका छरेजसरी आएको छ, न त्यो सबैलाई साराबर हुन्छ, न कसको पेट नै भर्छ । ठीक यसैबेला प्रधानमन्त्री भने लगालग अनुत्पादक भौतिक संरचनाको स्वप्न शिलन्यासमा व्यस्त छन् । ग्यासको सिलिण्डर बोकिराख्ने झन्झटबाट मुक्ति पाउने रहर कसको नहोला, तर त्यही ग्यास पनि भएको बेला नपाउने स्थिति छ अहिले ! ठुल्ठुला उद्योग, कलकारखाना जहाँ हजारौं मजदुर कार्यरत छन् । ती इन्धन अभावका कारण पूर्ण क्षमतामा चल्न सक्ने अवस्थामा छैनन् । उनले देखेका सबै सपना पूरा गर्न सक्छन् ?
मनमा लागेका कुरा बोलेपछि आफ्नो वचनमा कटिबद्ध हुनुपर्ने हो । ठुल्ठुला आश्वासन पेलेर मात्र देशको विकास हुँदैन । विदेशी अनुदान पनि विकास निर्माणमा खर्च गर्न नसक्ने स्थितिमा अहिले सरकार छ । यदि उनी साच्चै नै भिजनरी थिए भने देशको हालत यस्तो हुने थिएन । १४ महिनादेखि पालमा थन्किएका भूकम्पपीडितहरुको पुनस्र्थापना भइसक्ने थियो । १० महिनादेखि आन्दोलनरत आदिवासी र जनजाति र मधेसीका जायज माग पूरा भइसक्ने थिए । देशमा उद्योग र रोजगारी स्थापना गर्ने सम्बन्धमा उनका कुनै पनि योजना कार्यान्वयनमा ल्याएका छैनन् । उनले देखाएका सपनले मात्र र आकासमा पुल ठड्याएर, मेट्रो ट्रेन चढाएर जनता रातारात धनी हुन सक्दैनन् ।- रातोपाटीबाट

Post a Comment