Websoft University

www.radiomakalu.com || 021-522512


३८औँ स्मृति दिवस ‘पुष्पलालका विचार सान्दर्भिक’


Puspalal-shrestha


काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेकपा एमाले, पुष्पलाल स्मृति प्रतिष्ठान र अन्य कम्युनिस्ट पार्टीहरूले समेत संस्थापक महासचिव पुष्पलालको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक विशेष वक्तव्य प्रकाशित गरी मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पुष्पलालका विचारहरूको सान्दर्भिकता अझ टड्कारो भएको धारणा व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माण गर्नु आजको साझा राष्ट्रिय दायित्व रहेको बताउनुभएको छ ।
उहाँले अहिलेको दलीय स्वार्थ प्रेरित कदमले राष्ट्रलाई नै दूरगामी रूपमा नकारात्मक असर पु¥याउनसक्ने यथार्थप्रति गम्भीर हुन र लोकतान्त्रिक शक्तिहरूबीचको एकताल कमजोर पार्ने गतिविधि नगर्न सम्बन्धित सबैसँग आग्रहसमेत गर्नुभएको छ ।
संविधान घोषणास“गै मुलुकको लोकतान्त्रिक आन्दोलनको एउटा चरण पूरा भएको बताउँदै उहाँले संविधानमार्फत प्राप्त उपलब्धि अझै जोखिमरहित भइनसकेको र केही समययता मुलुकले हासिल गरेको राष्ट्रिय स्वाभिमान, स्वतन्त्र आत्मनिर्णयको अधिकार तथा नेपालको सार्वभौम हैसियतलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता विद्यमान रहेको धारणा व्यक्त गर्नुभएको छ ।
राजनीतिक वृत्तमा केही समययता घटित घटनाले सिङ्गो मुलुक चिन्तित र गम्भीर हुनु परेको बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको अवस्थामा रहस्यपूर्ण ढङ्गले सुरु भएका अस्वस्थ घटनाक्रमले मुलुकमा राजनीतिक अस्थिरता वृद्धि गर्ने, राष्ट्र र जनताको आधारभूत हितमा आ“च पु¥याउने र मुलुकलाई नै पछाडि धकेल्ने जोखिम उत्पन्न गरेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले वक्तव्यमा पुष्पलालले सुरु गर्नुभएको कम्युनिस्ट आन्दोलनलाई अझ सुदृढ बनाउ“दै कम्युनिस्ट पार्टीलाई मुलुकको पहिलो राजनीतिक शक्ति बनाउने, नेपालको संविधानको रक्षा र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्ने, राष्ट्र र जनताको आधारभूत हितका पक्षमा अग्रिम स्थानमा रहेर योगदान गर्ने तथा पुष्पलालले देख्नुभएको समृद्ध नेपाल निर्माणको लक्ष्य हासिल गरिछाड्ने सङ्कल्प गर्दछु भन्नुभएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालका योगदानहरू अविस्मरणीय रहेको बताउँदै उहाँले वक्तव्यमा पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी सङ्घर्ष र बलिदानका ६७ वर्ष पार गर्दै आज राष्ट्रकै मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित भई राज्यको नेतृत्व गरिरहेको चर्चा गर्नुभएको छ ।
पुष्पलालले प्रतिपादन गर्नुभएको संयुक्त जनआन्दोलनको सिद्धान्तमा टेकेर नै २०४६ तथा २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्ति सफल भई मुलुकमा गणतन्त्र स्थापना नयाँ संविधानको निर्माण सम्भव भएको बताउँदै उहाँले लोकतान्त्रिक शक्तिहरूबीचको अस्वस्थ प्रतिस्पर्धा र विभाजनका कारण मुलुक पटकपटक प्रतिगमनको सिकार हुन पुगेको चर्चा वक्तव्यमा गर्नुभएको छ ।
नेपाली राजनीतिमा देखा परेका पलायन, आत्मसमर्पण र सम्झौतावादी चिन्तनले पुष्पलाललाई कहिल्यै पनि विचलित बनाउन नसकेको बताउँदै प्रधानमन्त्री ओलीले वक्तव्यमा कठोर निर्वासित जीवन बिताउन, अभावै अभावमा बा“च्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि पुष्पलालले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन नदिनुभएको चर्चा गर्नुभएको छ । ओलीले मुलुकको राजनीतिक परिवर्तनका हरेक मोडमा पुष्पलालका विचारहरूले मार्गदर्शन गरिरहेको चर्चा गर्नुभएको छ ।
पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भँगेरीमा विक्रम संवत् १९८१ असार १५ मा जन्मनुभएका पुष्पलालले विक्रम संवत् २००५ मा विश्व कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवादमार्फत नेपालमा माक्र्सवादी विचारधाराको बीजारोपण गर्नुभएको थियो । उहाँले २००६ साल वैशाख (अप्रिल १९४९)मा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना कलकत्ताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द बैद्य, नारायणविलास जोशी, मोतीदेवीको सक्रियतामा भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापनास“गै नेपालको लोकतान्त्रिक आन्दोलनले सामन्तवाद, साम्राज्यवादविरोधी स्पष्ट राजनीतिक दिशा र समाजवादको सुस्पष्ट गन्तव्य हासिल ग¥यो र नेपाली श्रमजीवी जनताले मुक्तिका लागि वैचारिक मार्गदर्शन र नेतृत्वदायी पार्टी प्राप्त गरे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget