Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल प्रहरीको तलब अब राष्ट्रिय वाणिज्य बैंकमा


काठमाडौं, असार १७ गते । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीहरुको तलबी बचत खाता खोली सञ्चालन गर्ने सम्झौता भएको छ । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा प्रहरी अतिरिक्त महानिरिक्षक रमेशशेखर बज्राचार्य र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकका ६७ जिल्लामा रहेका १ सय ६७ शाखा कार्यालयहरुबाट प्रहरीका सम्पूर्ण कर्मचारीहरुलाई शुन्य मौज्दातमा तलबी बचत खाता खालिदिने सम्झौतामा उल्लेख छ । सहुलियत दरमा एटिएम डेबिट कार्ड, मोवाइल बैकिङ्ग सुविधा, एबिबिएस सुविधा, निशुल्क स्टेटमेन्ट, चेकबुक सुविधा, दुई लाख रुपैया सम्मको निक्षेप बीमा, एक लाख रुपैया सम्मको दुर्घटना बीमा, प्रहरी तथा प्रहरीका परिवारलाई नियमानुसार डलर सटही सुविधा प्रदान गर्न तथा भिजा डेविट कार्ड इन्टरनेशनल ट्राभल कार्ड सुविधा उपलब्ध गराउने उल्लेख छ ।
प्रहरी महानिरिक्षक अर्यालले इतिहास बोकेको सरकारको पूर्णस्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग तत्काल करिब ७२ हजार प्रहरीको तलबी खाता संचालन गर्न पाउँदा खुशी लागेको बताए । उनले प्रहरीले अब नगद बोकेर हिड्नु नपर्ने र प्रहरीको बचत गर्ने बानिमा बिकास हुने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रहरीका कर्मचारीहरुलाई बैंकका आधुनिक सेवाहरु उपलब्ध गराउदै जाने प्रतिबद्धता ब्यक्त गरे । श्रेष्ठले हाल ६७ जिल्लामा रहेका यस बैंकको सेवालाई निकट भविश्यमा ७५ वटै जिल्लामा विस्तार गर्ने अभियानमा बैंक रहेको र यसबाट नेपाल प्रहरी लगायत सर्वसाधारण जनता लाभान्वित हुने विश्वास ब्यक्त गरे ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget