Websoft University

www.radiomakalu.com || 021-522512


फागुन-चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने कांग्रेस-माओवादी समझदारी



काठमाडौं, साउन १२ गते। नयाँ सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आगामी फागुन-चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाउने समझदारी गरेका छन् ।

सिंहदरबारमा बसेको कांग्रेस र माओवादी शीर्ष नेताहरुको बैठकमा स्थानीय तहको चुनावबारे छलफल भएको थियो । नयाँ सरकार गठन लगत्तै आगामी फागुन-चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाउने समझदारी भएको एक शीर्ष नेताले अनलाइनखबरलाई बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्ने प्रस्ताव गरेको थियो ।

तर, कांग्रेस र माओवादी अहिलकै संरचनामा स्थानीय निकायको चुनाव गर्ने प्रस्तावको विपक्षमा उभिएका छन् । दुबै दलले संविधान अनुसार स्थानीय तह गठन भएपछि मात्र चुनाव गर्ने मत राख्दै आएका थिए ।

अब ओली सरकार कामचलाउ भइसकेको छ । र, कांग्रेस र माओवादीबीच भएको समझदारीअनुसार केही दिनमा प्रचण्ड प्रधानमन्त्री बन्ने छन् । नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीले संविधान अनुसार स्थानीय तहको पुनःसंरचना गरेर मात्र चुनाव गर्ने समझदारी गरेका छन् ।

सीमांकन बैज्ञानिक र व्यवहारिक हुनु पर्नेमा जोड

स्थानीय तहको पुनःसंरचनाका लागि बनेको आयोगले ५६५ स्थानीय तहको प्रस्ताव गरेको छ । र, यसमा कांग्रेसको असन्तुष्टि छ ।

बैठकमा यसबारे पनि छलफल भएको थियो । बैठकमा स्थानीय तहको पुनःसंरचनालाई बैज्ञानिक र व्यवहारिक बनाउन पहलबारे छलफल भएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।

स्रोतका अनुसार माओवादी र कांग्रेसबीच यसबारे एमालेसहितका दलहरुसँग छलफल गर्ने र साझा राय बनाएर आयोगलाई ‘सहयोग’ गर्ने सहमति भएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget