Websoft University

www.radiomakalu.com || 021-522512


शशांकको उपचारका लागि आइपुग्यो भारतीय चिकित्सकको टोली


shasanka hosp
काठमाडौं– काँग्रेस महामन्त्री शशांक कोइरालाको थप उपचारका लागि भारतीय चिकित्सकको एक टोली काठमाडौं आइपुगेको छ ।

भारतको प्रसिद्ध अस्पताल अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेज(एम्स)बाट डाक्टरको टोली आइपुगेको कोइराला उपचाररत ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले बताए । उनले भने, ‘काठमाडौं आइपुगेको जानकारी पाएका छौं । उपचारमा संलग्न भइसक्नुभएको छैन ।’

नेपाली चिकित्सकको प्रयासले क्रमिक रुपमा स्वास्थ्य लाभ लिइरहेका कोइरालाको उपचारमा थप विश्वस्त हुन शुभचिन्तक र आफन्तले डाक्टरहरुको टोली बोलाएको बुझिएको छ । ‘उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । भारतबाट आउनुहुने डाक्टरले थप परामर्श दिनुहुनेछ,’ हस्पिटल डाइरेक्टर समेत रहेका उपचारमा संलग्न एक डाक्टर हरिकिशोर श्रेष्ठले भने ।

नेपाल १५ जना अनुभवी र क्षमतावान चिकित्सकको प्रयासले कोइरालाको स्वास्थ्य अवस्थामा तीव्र सुधार भइरहेको छ ।,- स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget