Websoft University

www.radiomakalu.com || 021-522512


पहिरोमा पुरिएर प्यूठानमा ८ को मृत्यु

pahiro_pyuthan
प्यूठान , असार २१ गते  । अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर गएराति प्यूठानमा दुई परिवारका ८ जनाको जनाको मृत्यु भएको छ ।
pahiro_pyuthanपहिरोले घर पुरिँदा प्यूठानको रजवारा गाविस वडा नं. ३ नेटाका दुर्गबहादुर मल्ल, उनको श्रीमती सीता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको हो ।
छिमेकीको घरमा बस्न गएका छोरा बसन्त र अर्का एक छोरी भने सकुसल रहेको रजवाराका स्थानीय तथा पत्रकार महासंघ प्यूठानका सचिव महावीर रानाले जानकारी दिए ।
त्यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उनको श्रीमती र ७ वषिर्य छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रलस सोसाइटी लगायतको टोली अहिले विहानै रजवारा घटना स्थल पुगेको छ । घटना स्थल प्यूठान जिल्ला सदरमुकामबाट १७ कोष टाढा पर्दछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget