Websoft University

www.radiomakalu.com || 021-522512


‘श्रीमानविरुद्ध पनि मुद्दा हाल्न सकिन्छ ?’


20160714_084000


गुल्मी , असार  ३० गते   ।  गुल्मी सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीसँग यहाँका जनताले खरो प्रश्न गर्दै भने, ‘श्रीमान तपाईको फैसला प्रति चित्त नवुझे तपाई विरुद्ध पनि दिन सकिन्छ ?’ रेसुङ्गा वहुमुखी क्याम्पसमा जिल्ला अदालतले आयोजना गरेको न्यायिक सार्वजानिक संवाद कार्यत्रक्रमा त्यस क्याम्पसका प्राध्यापक गोविन्द गौतमले भने–‘ तपाई श्रीमानले नै कुनै मुद्धामा न्यायोचित सुनुवाई गर्नु भएन भने तपाई विरुद्ध पनि मुद्धा हाल्न सकिन्छ कि सकिदैन् ? जवाफमा जिल्ला न्यायधिश मरासनीले भने, ‘ विल्कुल मिल्छ , न्याय परिषदमा गएर न्यायधिशको फैसलाको चित्ता नवझे मुद्धा दिन सकिन्छ । ’ प्रशासन र जिविस लगायतले आयोजना गर्ने सार्वजानिक सुनुवाई कार्यक्रममा झैं अदालतले राखेको सार्वजानिक सम्वाद कार्यक्रममा विद्यार्थीहरुले पनि न्याय सम्पादनका वारेमा जिल्ला न्यायधिश संग खुलेर जिज्ञासा राखेका थिए । जिल्ला न्यायाधिशले तपाईहरुको जिज्ञाषहरु के छन् ? खुलेर राख्नु होस् भन्न नपाउँदै एक जना विद्यार्थी उठेर यस्तो प्रश्न गरे–‘ श्रीमान तपाई राजनैतिक दवावमा कत्तिको पनर््ु हुन्छ ? जवाफमा जिल्ला न्यायधिश मरासनीले भने–‘ न्यायिक क्षेत्र स्वतन्त्र र निष्पक्ष क्षेत्र भएकोले त्यस्तो राजनैतिक दवावमा नआउने बताए । ‘ जिल्ला न्यायधिशलाई भनेर हुँदैन भन्ने कुरा यहाँको राजनैतिक दलहरुले बुझेका छन् त्यसले पनि म यहाँ आएको १० महिना भयो कुनै नेताको फोन आएको छैन्’– जिल्ला न्यायधिशले भने । पुर्व क्याम्पस प्रमुख दीन पन्थीले अदालतको कानुनी कुरा बुझन नसकिएको गुनासो गरे । जनताका लागि न्यायमा पहुँच पुराउने उद्देश्यका साथ सञ्चालन भएको यस्ता कार्यक्रमा जिल्ला न्यायाधिश मरासीनी गुल्मीका तिन वटै क्षेत्रको घर दैलोमा पुगेर अदालत भनेको के हो ? यसबाट न्याय सम्पादनमा सुधार्नु पर्ने कुरा के छ ? जस्ता विषयमा वुझाउँदै आएका छन् । कार्यक्रममा सहायक जिल्ला न्यायधिवक्ता कैलाश केसी, अदालतका श्रे्रेस्तेदार श्याम विहारी मौर्य, वार एशोयिसनका अध्यक्ष विष्णु वलाल लगायको सहभागीता रहेको छ ।,-रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget