Websoft University

www.radiomakalu.com || 021-522512


अन्तरदृष्टिका आविष्कार

umesh
उमेश ओझा 
मात्र अन्तरदृष्टिले भूकम्पसूचक यन्त्रदेखि हावाले चल्ने इन्जिन अनि भ्याकुम पम्म र जुत्ता सफा गर्नेसम्म आफ्नै खालका उपकरण बनाउन रमेशप्रसाद दाहालले सफलता पाउनुभएको छ । कृषि र वैकल्पिक ऊर्जा क्षेत्रमा मुख्यगरी आफ्नो अनुसन्धान केन्द्रित राखे पनि पूर्ण रूपमा वैज्ञानिक खोज तथा अनुसन्धान गर्न दाहाललाई व्यक्तिगत क्षमताले मात्र सम्भव छैन । राज्य तथा समाजको सहयोग विना आफ्नो अनुसन्धान अधुरै रहने हो कि भन्ने द्विविधामा रहनुभएका उहाँलाई कलिलो उमेरमै नेत्रदृष्टि गुम्दाको पीडा त छँदैछ, विज्ञानको क्षेत्रमा समर्पित जीवनलाई राज्य वा कुनै मनकारीले साथ नदिँदा देशका हुनसक्ने उपलब्धि त्यत्तिकै कसिङ्गरको टोकरीको भाग हुने हुन् कि भन्ने चिन्ता बढी छ ।
हुन पनि हो उहाँले बनाउनुभएका वा रचना गर्नुभएका उपकरण नेपाली माटो सुहाउँदो छन् । उहाँले बनाएको खेत जोत्ने सानो ट्रयाक्टर हलगोरुको राम्रो विकल्प हुनसक्छ । सडकमा गुडिरहेका गाडीको दबाबबाट लगभग ८० फिटसम्म पानी पम्प हुने र त्यसलाई तल ल्याएर टर्वाइनबाट बिजुली उत्पादन गर्न सकिने उहाँको सैद्धान्तिक पक्षमा कहीँकतैबाट सुनुवाइ भएर सहयोगी हात अगाडि बढेका छैनन् । १३ सय मिटरदेखि २१ सय फिट उचाइको पहाडी क्षेत्रमा पाइने पानीअमलामा हुने विषलाई प्रयोग गरेर खेतीपातीका लागि प्रभावशाली जैविक विषादी बनाउन नसकिने होइन । दाहालको अन्तरदृष्टिले यो सबै सम्भव देखेको छ र त्यसमा उहाँ सक्दो लागिरहनुभएको पनि छ तर त्यहाँ राज्यको दृष्टिगोचर भएको छैन ।
आईएस्सी पढ्दापढ्दै “डाजेस्टिक रेटिनापेथिक” भनिने आँखाको समस्याले दाहालका दुवै आँखाको ज्योति गुमेको थियो । ‘कसैले पनि दृष्टिविहीन हुन नपरोस् । प्रत्येक नेपाली सामान्य जीवनमा छन् । स्वास्थ्यप्रति सचेत रहनुपर्छ । समयमै आँखाको उपचार गराएको र त्यसको चेतना भएको भए आज मैले अन्धोपनाको शिकार हुनु पर्दैनथ्यो । ’ उहाँ भन्नुहुन्छ ।
तथापि दृष्टि गुम्नु पहिले नै उहाँले विज्ञान विषयको आधारभूत ज्ञान र मर्म प्राप्त गरिसक्नुभएको थियो । ‘जब म दृष्टिविहीन भएँ विज्ञानको अनुसन्धान गर्ने मेरो इच्छामाथि बज्रपात भएजस्तो लाग्यो । तैपनि सीमित साधन र स्रोतको सदुपयोग गर्दै आजका दिनसम्म वायोग्यास, विना इन्धन पानी तान्ने प्रविधि, भूकम्पसूचक यन्त्र, ऊर्जा विना चल्ने भ्याकुम पम्प जस्ता आविष्कार गरेको छुु । ’, दृष्टि गुमेदेखि अनवरत् २० वर्ष अनुसन्धानमा रहेर उदाहरणीय बन्नुभएका दाहाल यी कुरा गर्दै आर्थिक विपन्नताका कारण आफ्ना आविष्कारलाई बजारमा ल्याउन सक्ने अवस्थामा नरहेको बताउनुहुन्छ ।
२०७२ साल वैशाखमा विनाशकारी भूकम्पले नेपाल हल्लायो । नेपालीको जिब्रोमा अहिलेसम्म भूकम्प शब्द झुण्डिएकै छ । देशविदेशका भूकम्पसूचक यन्त्रका कुरा पनि पछिल्ला एक वर्षमा धेरै आए तर भूकम्पसूचक यन्त्र बनाएर २०५९ सालमै त्यसको एकस्व (पेटेन्ट) लिइसक्नुभएका दाहाललाई कसैले सम्झिएको देखिएन । देशमै १३ वर्ष पहिले नै तयार पारिएको त्यस्तो यन्त्रलाई किन खिया लगाउन खोजिएको हो ? बुझीनसक्नु छ ।
धनको अभाव र दृष्टिविहीनताको अवस्थामा कत्तिको उकुसमुकुस र छटपटी हुन्छ, हामी बुझ्न सक्छौँ । नेपाल सरकारले २०६३ सालमा विज्ञान मन्त्रालयमार्फत अनुसन्धान कार्यका लागि ६० हजार र जिल्ला विकास समितिले उपलब्ध गराएको ३० हजार रुपियाँले वायु प्रदूषण नियन्त्रण पङ्खाको नमूना निर्माणमा उहाँलाई ठूलो सहयोग त पुग्यो तर त्यसभन्दा अगाडि उहाँले काम बढाउन सक्नुभएको छैन । अनुसन्धानमा कनिका छरेजस्तो आर्थिक सहयोग गर्ने र त्यसपछि वास्ता नगर्ने सरकारी नीति यहाँनिर दोषी देखिन्छ । यसरी उपयोगी आविष्कारलाई जनसमक्ष वा औद्योगीकरणमा ल्याउन समेत सरकारले पहल गर्नुपर्ने हुन्छ ।
राज्यले स्रोत, साधन तथा आवश्यकीय व्यवस्था गरेमा निश्चितरूपमा नेपालको कृषि तथा ऊर्जा क्षेत्रको विकासमा प्रत्यक्ष सहयोग दिने खालका आविष्कार गर्नेमा दाहाल दृढ विश्वासी हुनुहुन्छ । एक पटक पाँच सयभन्दा बढी प्रतिस्पर्धीमध्येबाट उहाँको ठोस अर्गानिक फोहरमैला व्यवस्थापन प्रणाली युनेस्कोको छनोटमा परेको थियो । घर गोठबाट निस्कने फोहोर घाँस, गोवरलाई प्रयोग गरी जैविक ग्यास (वायोग्यास) र जैविक मल उत्पादन गर्न दाहालको प्रविधिमा चलनचल्तीमा जसरी खाल्डो खनेर फोहरमैला हाल्नु पर्दैन । जमिनमाथि नै फोहर कुहाएर जैविक ग्यास र मल निकाल्न जमिनबाट करिब १७ फिट उचाइमा पोलिथिनको ट्याङ्की प्रयोग गर्नुपर्ने हुन्छ । २०६६ सालमा युनेस्कोको सहयोगमा यसको सफल परीक्षण भइसकेको छ ।
शारीरिक अशक्तता, आर्थिक अभाव, राज्यको सशक्त सहयोग नहुनु, साथी सहयोगी नहुनुले आपूm र आफ्नो अनुसन्धान ओझेलमा परेको उहाँ ठान्नुहुन्छ । अन्तर्राष्ट्रिय उत्पादनलाई राज्यले प्राथमिकता दिनु, स्वदेशमै उत्पादन गर्नतर्फ राज्य उदासीन हुनु, परनिर्भरताको मानसिकता हावी हुनुले देशमा विज्ञान प्रविधिको समुचित विकास हुन नसकेको र दक्ष जनशक्ति निरास भएको विचार राख्दै दाहाल भन्नुहुन्छ– यसरी देश कहिल्यै पनि स्वतन्त्र, आत्मनिर्भर र सक्षम हुँदैन ।
दाहालको मनमस्तिष्कमा विज्ञान प्रविधि खाँदिएर बसेको छ । एकपटक हेटौँडा कपडा उद्योग कारखाना बन्द गरिन लागेको खबरले ब्याकुल हुनुभएका उहाँले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई टेलिफोनसमेत गर्नुभएको छ । उहाँको कल प्रधानमन्त्रीले उठाउनुभएन तर एकछिनपछि प्रधानमन्त्री नेपालले सोही नम्बरमा फोन गर्नुभयो । दाहालले उहाँलाई आफ्नो चिन्ता राखेपछि प्रधानमन्त्रीबाट गम्भीर्यता देखाउँदै अर्थमन्त्रालयका सचिवसँग सम्पर्क गर्न भन्नुभए छ । ‘मेरो प्रयास कति सार्थक भयो भएन त्यो एउटा पाटो होला तर मलाई देशप्रति अगाध आस्था र विश्वास छ । सम्मुन्नत नेपाल बनाउने इच्छा छ । समाजमा प्राविधिक चिन्तनलाई व्यावहारिक बनाउने उत्कट सपना छ । ’ दाहाल भन्नुहुन्छ ।
दाहालले अपाङ्गता भएका व्यक्तिका लागि उपयोगी हुने प्राविधिको विकासमा पनि ठूलो अनुसन्धान गर्नुभएको छ । उहाँले बनाउनुभएको ध्वनिले नियन्त्रित हुने ट्राफिक लाइटको २०५८ साल पुस १५ गते तत्कालीन समाज कल्याण मन्त्री राजेन्द्र खरेलले उद्घाटन गर्नुभएको थियो । दृष्टिविहीनका लागि विशेष उपयोगी हुने यस लाइटका बारेमा दाहाल भन्नुहुन्छ– टाइमर राखेर १५ सकेण्ड घन्टी बज्ने र डेढ मिनेट हरियो बत्ती बल्ने गर्छ ।
दाहालले बनाउनुभएको ल्याडर ¥याम्पको २०६५ सालमा एकस्व प्राप्त गरिसक्नुभएको छ । साधारण पक्की घरको रेलिङमा जडान गर्न मिल्ने ल्याडर ¥याम्प ह्वील चेयरद्वारा भ¥याङमा उक्लन र ओर्लन समर्थ भइन्छ । अपाङ्गता भएकाहरूकै लागि नोट चिन्न सजिलो पार्न मनी स्केल, एक जना दृष्टिविहीनले बनाएको चित्र अर्को दृष्टिविहीनले सजिलै बुझ्न सकोस् भनी बनाइएको ड्रइङ बोर्ड, होचापुड्काहरूलाई आवश्यकताअनुसार एक फिटसम्म कद बढाउन सहयोग गर्ने लिफ्टिङ सुज आदि पनि दाहालकै सिर्जनामा पर्छन् ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget