Websoft University

www.radiomakalu.com || 021-522512


कोशी व्यारेजको सुरक्षा व्यवस्था कडा



सप्तरी, साउन ११ गते । मुस्लिम अतिवादी संगठनहरुले कोशी व्यारेजमा आक्रमण गर्ने योजना बनाइरहेको खवर सार्वजनिक भएसँगै सुनसरी र सप्तरीको सीमानामा रहेकेा कोशी ब्यारेजको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


भारतीय अधिकारीले नेपाली स्थानीय अधिकारीलाई पत्र लेख्दै आतंकवादी संगठनहरुले कोशी व्यारेजलाई पनि निशानामा राखेको पत्र पठाएपछि सुरक्षा अवस्था कडा पारिएको हो ।

‘अहिले कोशी व्यारेजमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ’ सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालले भने, ‘हरेक सबारीसाधनको चेकजाँच गर्नुका साथै शंकास्पद कुराहरुमा गम्भीर निगरानी राखिएको छ ।’

उनका अनुसार कोशी व्यारेजको सप्तरीतर्फ तथा सुनसरीतर्फ पनि सुरक्षा अवस्था कडा पारिएको छ । भारतीय सुरक्षाकर्मीको यस्तो पत्र आएपछि सुरक्षा अवस्थालाई व्यारेज आसपास क्षेत्रमा मजबुत बनाइएको ढकालको भनाइ छ । ‘पत्र आएपछि सुरक्षा समितिको बैठक बसेर छलफल गरी सुरक्षा रणनीति तयार गरेका छौं’ एसपी ढकालले भने, ‘अहिले सप्तरी र सुनसरीका सुरक्षाकर्मी चनाखो भएर काम गरिरहेका छौं ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले पनि सुरक्षा संयमता अपनाइएको बताए । उनले कोशी व्यारेज क्षेत्रको पाँच सय मिटर दायाँ बायाँ माछा मार्न र काठ संकलन गर्न पनि रोक लगाइएको बताए । ‘हुन त यो पहिलाकै नियम हो, तर सुरक्षा अवस्थालाई थप मजबुत बनाउन पुरानै नियमलाई लागू गराएका छौं’ उनले भने ।



सुरक्षा श्रोतका अनुसार भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै मुस्लिम अतिवादी समूह लस्करे तोइबा, जएस ए महम्द र पाकिस्तानी मूलका भारतीय मुजाहिद्दिनले महत्वपूर्ण प्रतिष्ठानलाई लक्षित गरी कोशी ब्यारेजलाई पनि निशानामा राखेको हुँदा सुरक्षा गर्न अनुरोध गरेको छ ।- एस.के. शान, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget